Nepali Film

वैवाहिक जीवनमा बाँधिएको दुई वर्षपछि नायिका ऋचा घिमिरे आमा बन्ने

निर्देशक शंकर घिमिरेसँग वैवाहिक जीवनमा बाँधिएको दुई वर्षपछि नायिका ऋचा घिमिरे आमा बन्ने पक्का भएको छ । उनको पेटमा हाल ३ महिनाको बच्चा छ र अबको ६ महिनापछि ऋचाको पेटमा भएको बच्चाले यो धर्तीमा जन्म लिँदैछ । यसैले पनि हुनसक्छ, यि नायिकाको अनुहारमा हिजोआज निकै खुशी छाएको देखिन्छ ।

चलचित्र ‘तुलसी’को डविङमा व्यस्त नायिका घिमिरेले भनिन् -’३० वर्ष भित्रमा म सबैतिरवाट स्याटल भैसक्ने योजनामा छु ।’ यही फागुन २९ गतेबाट २९ वर्षमा लाग्ने तयारीमा रहेकी नायिका घिमिरले थपिन् -’धेरैले मलाई हतार भयो भने तर मलाई यस्तो लाग्दैन । किनकी निर्णय गर्ने मैले हो र मैले सही समयमा सही निर्णय गरेको छु ।’

आमा बन्ने तयारीमा रहेकी नायिका ऋचालाई आफू आमा बनेपछि करीअरमा खासै असर नपुग्ने लागेको छ । भनिन् -’करिश्मा, मेलिना दिदीहरुलाई हेर्ने हो भने पनि उहाँहरु आमा भैसकेपछि झनै सिनेमा खेल्नमा व्यस्त हुनुहुन्छ । उहाँहरुको सौन्दर्यमा झनै चमकता आएको छ ।’ ऋचालाई लागेको छ, आमा बनेपछि सिनेमा लिनु हुँदैन भन्ने सोचाई अब नेपाली सिनेमा बनाउनेहरुको दिमागबाट हटिसकेको छ । उनलाई लागेको छ गर्भवती हुँदा कसैले उनका लागि यस्तै किसिमको भुमिका निकाल्छ, जसरी वलिउडमा गर्भवती नायिकाका लागि यस्तै गरिएको हुन्छ ।

ऋचालाई अहिले नै आफु आमा बन्दैछु भन्ने खासै महसुस भएको छैन । ‘३ महिना मात्र भएकाले हुनसक्छ मलाई अहिले नै त्यस्तो कुनै महसुस भएको छैन ।’ आफु आमा बन्ने कुराले पति शंकर घिमिरे दोब्बर खुशी भएको यी काली सुन्दरीको भनाई छ । गर्भवती भएपनि आफु चुप लागेर नबस्ने र सिनेमा खेलिरहने उनले बताईन् ।

पेटमा बच्चा भएपछि नियमित स्वास्थ्य जाँच गराईरहेकी ऋचाले भनिन् -’खाना, स्वास्थ्यमा अचेल धेरै नै ख्याल गर्न थालेकी छु । समाचार पनि नराम्रो खालको छ भने कसैलाई नसुनाउन भन्छु र आफु पनि पढ्दिन ।’ नेपाली सिनेमा क्षेत्रमा नायिका मेलिना मानन्धर, सञ्चिता लुइटेल, अरुणिमा लम्साल आमा बनिसकेका छन् भने अब नायिका ऋचा घिमिरे पनि यही तरखर गर्दैछिन् । यसले गर्दा, चलनचल्तीका नायिकाको अभाव पर्दामा हुने पक्का देखिएको छ ।

 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News