Nepali Film

कोरियामा ब्यापक धरपकड, नेपाली संस्थाका प्रमुखहरु पनि समातिए

दक्षिण कोरियाली सरकारले देशमा अबैधानिक प्रवासी कामदारहरुको संख्या कम गर्न दुई प्रकारको भीषा प्रणालीमा परिवर्तन गरे पनि कानुनको प्रभावकारी पालना नभएपछि विभिन्न औद्योगिक क्षेत्रहरुमा ब्यापक धरपकड सुरु गरेको छ ।

यस धरपकडबाट यसै हप्ता मात्र अबैधानिक रुपमा काम गर्दै आएका नेपाली सम्पर्क समितिका अध्यक्ष डेभिड राई र नेकपा एमाले पार्टीको भातृ संगठन नेपाल लोकतान्त्रिक मंच कोरियाका अध्यक्ष नरेन्द्र चेम्जोङ सहित २० भन्दा बढी नेपालीहरु कोरियाली अध्यागमन विभागका कर्मचारीहरुबाट समातिएका छन् ।

प्रवासी मजदूर युनियन कोरियाका एक कर्मचारीका अनुसार यो महिनामा मात्र विभिन्न देशका पाँच सयभन्दा बढी मजदूरहरू समातिएका छन् ।

अध्यक्ष राईले ३० भन्दा बढी संस्थाहरुको तर्फबाट आउँदो शनिबार हुने कोरियाका लागि पहिलो नेपाली राजदूत कमलप्रसाद कोइरालाको बिदाई कार्यक्रमलाई संयोजन गरिरहेका थिए भने अर्का अध्यक्ष चेम्जोङले पनि किरात याक्थुङ चुम्लुङ कोरियाले आइतबार मनाउन लागेको ५०७१ औं चासोक तङ्नाम कार्यक्रमको संयोजन गरिरहेका थिए |
kantipur

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News