
लुट रिलिजको पहिलो साता सम्मको ब्यापार लाई गणना गर्ने हो भने लुट अग्रपङिक्तीमा रहेको छ भने अन्दाज मेरो लभस्टोरी र केयो माया हो को ब्यापार राम्रो देखिएपनि कसैले नाफा कमाउन सकेका छैनन् । यध्यपी लुटको चर्चा चलिरहेका बेला यो सिनेमा बर्षको सर्वाधिक हिट सिनेमाको रुपमा अगाडी देखिने प्रवल सम्भावना छ । रिलिज भएको एक सातमा लुटले ७५लाख ग्रस कलेक्सन गरेको बताईएको छ जसकारण लुट यो दश महिनाको अवधिमा सर्वाधिक पैसा कमाउनसक्ने सिनेमाको रुपमा उभिसकेको छ । तर बक्स अफिस नभएकाले लुटको उक्तग्रस कलेक्सन सहि नै हो भन्ने अवस्था छैन ।
अन्य सिनेमाको दाजोमा गीतकै कारणले दर्शक ओहिरिएको अन्दाजको कलेक्सनबाट निर्माता छवि ओझाले विगतका चलचित्रबाट जति नाफा कमाउथे यो बर्षभने त्यसो भएन उनको हकमा । विगत एक दशक देखि सिनेमा वितरकको रुपमा सक्रिय सुनिल मानन्धरको भनाईले पनि प्रष्ट पार्छ कि यो नौ महिना पुससम्म मा रिलिज भएका कुनै पनि सिनेमाले लगानी उठाउन सकेका छनैन् जस मध्ये सफल भएका तीन सिनेमा अन्दाज मेरो लभस्टोरी र के यो माया होले मात्र ४० प्रतिशत लगानी उठाएको मानन्धर बताउछन् ।
यो दशमहिनाको अवधिमा गीतको कारण निकै चर्चा पाएको अन्दाजले बक्स अफिस ओपनिङ राम्रो गरेको थियो र यो सिनेमालाई हिट पनि भनिएको छ । तर नाफा नकमाएको लगानी मात्र सेभ गरेको रुपमा अन्दालाई हिट भएको हो । जुन कुरा निर्माता छविओझो पनि आफै स्वीकार्छन । उनी भन्छन् यो अवस्थामा नाफा चाहि नभनौ लगानी भने सुरक्षित भएको छ । २२ बर्षदेखि सक्रिय छवि ओझाले हाल सम्म रिलिज भएका आफ्ना सिनेमाबाट नाफा नकमाएको रेकर्ड छैन तर यो बर्ष सर्वाधिक सफल भनिएको उनको सिनेमाले समेत ब्यापार नगर्दा उनी सिनेमा निर्माणको बिषयमा चलचित्र बिकास बोर्डले १५ लाख बराबरको धरौटी रकमको नियम ल्याउनु पर्ने बताउछन् ।
लोकल मार्केटले मात्र धानिरहेको सिनेमाको नेपाली बजारमा प्रत्येक साता तीन देखि चारवटा सिनेमा रिलिज हुदा दर्शक बाढिएका निश्चित हुन तर राम्रा र नराम्रा सवै सिनेमा रिलिजको मापदण्ड एउटै हुदा सिनेमा निर्माणको गति र रिलिजको गति रोकिने छाटकाट देखिएको छैन । त्यसैलेपनि राम्रा सिनेमासंग नराम्रा सिनेमा जुध्दा यो बर्ष सिनेमाको एक हप्ते होल्ओभर बढेको र रिलिज संख्या बढेको वितरक मान्नन्धर को भनाई छ जसलाई उनी स्टक क्ल्यिरेन्स भएको भन्दै एक हिसावले यति धेरै सिनेमा रिलिज हुनुलाई उनले खुशीको रुपमा हेर्नुपर्ने बताउछन् । किन कि स्टक क्ल्यिर भएपछी अर्को बर्ष लो बजेटका पुराना सिनेमा सवै रिलिज हुने छ ।
रिलिजमा मोनोपोली जो पायो त्यहि ब्यक्ति निर्माता निर्देशक बन्ने ट्रेन साथै पैसा हालेर कलाकार बन्ने प्रबृतिले पनि सिनेमा निर्माणमा क्वालिटी भन्दा संख्यात्मक बृद्धि स्वरुप बजारले थेग्नै नसक्ने गरी बर्षेनि सयको संख्या यसरी सिनेमा रिलिज हुदा चर्चा पाएका सिनेमाले समेत लगानी उठाउन नसकेका हुन । तर नराम्रा र लो बजेटका सिनेमाको रिलिज अब करिब सकिने अवस्थामा आएको छ । जस मध्ये माघको १३ गते देखि चैत मसान्त सम्मका लागि १६ वटा चलचित्र रिलिजको पूर्व तयारी गरिएको छ । तसर्थ यो बर्ष सिनेमा रिलिजको संख्या ९५ पुग्ने करिब निश्चित भैसकेको छ ।
हेर्नुहोस् लुट नेपाली फिल्म यो लिंकमा Click here
हेर्नुहोस् लुट नेपाली फिल्म यो लिंकमा Click here