Nepali Film

टेलिभिजनमै पोर्न फिल्म (भिडियो सहित)

केही दिन पहिले मात्र ब्राजिलको टेलिभिजन रियालिटी शो बिग ब्रदरमा एक पुरुष प्रतियोगीले महिला प्रतियोगीमाथि बलत्कार गरेको घटना लाइभ प्रशारण गरिएपछि त्यसले ठूलै हंगामा मच्चाएको थियो । विश्वभरी नै टेलिभिजनको यस्तो कामप्रति आलोचना भएको थियो । यो घटना सेलाउन नपाउँदै फेरी अर्को त्यस्तै घटना सार्वजनिक भएको छ ।

स्कटल्याण्डको एक टेलिभिजन च्यानलमा पोर्न फिल्म प्रशारण भएको छ । एसटिभी च्यानलमा संचालन भैरहेको एक राजनीतिक बहसका क्रममा दर्शकहरुले टेलिभिजन स्त्रिmनमा पोर्न फिल्मको दृश्य देखेका हुन् । वास्तवमा उक्त बहस कार्यक्रममा पोर्न फिल्म देखाइएको भने होइन । स्टुडियो पछाडिको समाचार शाखामा काम गर्ने कुनै कर्मचारीले आफ्नो कम्प्युटरमा ब्लु फिल्म हेरिरहेको दृश्य स्त्रिmनमा देखिएको हो । त्यो दृश्यमा एक नग्न महिला कुनै पुरुषसँग यौनकार्य गरिरहेकी थिइन् ।

कार्यक्रम संचालक जन मेक्केले राजनीतिक विश्लेषक ड्यान हज सँग तात्तातो अन्तरवार्ता लिइरहेको बेलामा समाचार कक्षका सहकर्मीहरु गलत काममा लाग्दा टेलिभिजन च्यानल त लज्जित भयो नै दर्शकहरुले समेत लाज मान्नुपर्ने अवस्था आयो । यो घटनाबाट हाम्रा पत्रकारहरुले पनि सिक्नुपर्ने बेला आएको छ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News