Nepali Film

१४ वटा छोराछोरीको बाबु आफु अझै कुमार

कुनै पुरुष १४ वटा छोराछोरीको बाबु बनिसकेको छ र उसले आफु अझै कुमार छु वा भर्जिन छु अर्थात् सम्भोग गरेको छैन भन्छ भने त्यो पत्याउन सकिने कुरै भएन । सेक्स नगरीकरन कसरी १४ जना सन्तान भए ? भन्ने प्रश्न उठ्नसक्छ । लोग्नेले कुमार छु भन्ने तर स्वास्नीले १४ वटा छोराछोरी पाएको अवस्थामा कि त भगवानको लिला भन्नुपर्यो कि त स्वास्नीको बानीमा खोँट हुनुपर्यो ।

तर अमेरिकाका एक पुरुषको हकमा भने न त भगवानलाई स्याबासी दिनुपर्नेछ न त श्रीमतीप्रति औँला ठडाउनु नै पर्छ । ३६ वर्षका आर्सेनाल्ट नामका ती व्यक्तिले अझैसम्म कुनैपनि महिलासँग सम्भोग गरेका छैनन् तर उनका १४ जना सन्तान छन् ।

उत्तरी क्यालिफोर्नियामा बस्ने पेशाले कम्प्युटर सेक्युरिटी विशेषज्ञ आर्सेनाल्ट भर्जिन नै रहेर १४ सन्तानको बाउ हुनुको रहस्य अर्कै रहेछ । बिहे पनि नगरेका उनले त्यस्ता महिलालाई विर्य दान गर्दा रहेछन् जसको श्रीमानको शुक्रकिट गर्भाधानका लागि असमर्थ हुन्छ । अहिलेसम्म उनले १४ जना त्यस्ता निसन्तान जोडीलाई आफ्नो विर्य दान गरिसेका रहेछन् र त्यसबाट शत प्रतिशत नतिजा निस्किएपछि उनी १४ सन्तानका अघोषित पिता बनेका हुन् ।

न्यूजर डट कम सँगको अन्तरवार्तामा उनले आफुले आफ्नो सारा सेक्सुअल उर्जा विर्य उत्पादनमा लगाइरहेको भन्दै बढि भन्दा बढि निसन्तान दम्पती आफ्नो विर्यका कारण आमाबाबु बन्न सकुन् भन्ने आफ्नो इच्छा रहेको बताए । उनले स्वेच्छाले निशुल्क रुपमा विर्यदान गर्दै आएका छन् ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News