Nepali Film

चलचित्र ‘काठमाण्डु’ हलअनुसार दुई फरक क्लाईमेक्समा दर्शकमाझ आउने

चलचित्र विकास बोर्डबाट बिशेष सिनेमा घोषित चलचित्र ‘काठमाण्डु’ हलअनुसार दुई फरक क्लाईमेक्समा दर्शकमाझ आउने भएको छ । सो सिनेमाबारे आईतवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा मल्टिप्लेक्स तथा साधारण हलको लागी फरक क्लाईमेक्समा रिलिज गरिने बताईएको छ ।

मल्टिप्लेक्सका दर्शक र साधारण हलका दर्शक दुवैलाई मध्यनजर गर्दै फरक क्लाईमेक्समा ‘काठमाण्डु’ तयार पारिएको हो । यहि माघ २० गते राजधानीमा रिलिज हुने सो सिनेमा केहि दिन पश्चात मोफसलमा लाग्ने छ । यस अघिनै युएस मा ‘काठमाण्डु’को परेड कार्पेट गरिसकिएको छ । अंग्रेजी सबटाईटल सहितको ‘काठमाण्डु’ बिदेशमा पनि प्रदर्शन गरिनेछ ।

निर्माता, निर्देशक तथा नायक आकाश अधिकारीले ‘काठमाण्डु’ अन्तर्राष्ट्रिय बिषय भएको बताए । अधिकारीले यसै सिनेमाको सिक्वेल सिनेमा ‘क्यापिटल’को पनि सोही कार्यक्रममा घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्माता संघका अद्यक्ष राजकुमार राई तथा चलचित्र विकास बोर्डका सदस्य विकास आचआर्यले यतिबेला ‘लुट’ले पाईरहेको दर्शकको मायालाई ‘काठमाण्डु’ले पनि निरन्तरता दिने विश्वास ब्यक्त गरे ।
सोही पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका नवनियुक्त सदस्यद्वय विकास आचार्य र रामा मण्डललाई 'काठमाण्डु'को तर्फबाट स्वागत पनि गरिएको थियो ।

‘काठमाण्डु’ द्वारा नाटक गरिने
रिलिजको क्रममा रहेको सिनेमा ‘काठमाण्डु’ले ‘काठमाण्डुको बदलिँदो तस्विर’ नामक नाटक गर्ने भएको छ । आईतवार भएको पत्रकार सम्मेलनमा सो बिषयमा जानकारी गराईयो ।

यहि माघ १८ गते एकेडेमी हल, कमलादीमा हुने क्याम्पस स्तरिय सो नाटकमा छ वटा क्याम्पसले सहभागीता जनाउने भएका छन् । ‘एस ईन्ष्टिच्युट अफ म्यानेज्मेण्ट’, ‘रातो बंगला’, ‘रिलाएन्स ऐकेडेमी’, ‘ललितकला क्याम्पस’, ‘ग्लोबल कलेज ईन्टरनेशनल’ र ‘ओस्कार कलेज अफ फिल्म स्टडिज्’ले नाटकमा भाग लिले भएका छन् ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News