Nepali Film

‘मिस यू’ले पहिलो साता ४२.५ लाख

‘मिस यू’ले पहिलो साता ४२.५ लाख (अलनेपाल ग्रस) मार्क गरेको छ । वितरण संस्था डिजिटल सिनेमा नेपालले सिनेमाको उक्त सेयरको पुष्टि गरेको छ । राजधानी र मोफसलका ३१ पर्दाबाट ‘मिस यू’ले उक्त आम्दानी गरेको हो । राजधानीका मल्टिप्लेक्स र प्रमुख सहरमा सिनेमाको कलेक्सन राम्रो रह्यो । खासगरि, राजधानीका प्रमुख मल्टिप्लेक्स क्यूएफएक्स र बिग सिनेमाज्मा सिनेमाले सबैभन्दा बढी ग्रस बटुलेको छ ।‘मिस यू’लाई शुक्रबारदेखि झनै राहत मिल्नेछ किनभने ले कलंकी, बौद्धको पृथ्वी, बनेपा शुभकामना, बिर्तामोड, हेटौंडा, नेपालगञ्ज र लालबन्दीमा ‘मिस यू’ प्रदर्शन हुनेछ । मोफसलका ती चार थिएटरलाई कलेक्सनमा आकर्षक मानिन्छ । कतिपय सिनेमाले ती पर्दाबाट रेकर्ड राखेका छन् । नम्रता श्रेष्ठ, दिलिप रायमाझी र बरुण राणा स्टारर सिनेमा फागुन पाँचमा अलनेपाल रिलिज भएको हो ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News