Nepali Film

एन्जेलिनाले सुनिन् नेपाली गीत

डकुमेन्ट्री ‘टेन इन्टु टेन’ हेर्नुभएको छ भने तपाईंलाई थाहा होला –नेपाली किशोरी सुमा थारु को हुन् भनेर । उक्त छोटो चलचित्रकी अभिनेत्री र कमलरी थारु परिवारकी सुमालाई गएराती न्यूयोर्कमा अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन् र हलिउड अभिनेत्री एन्जेलिना जोलीले पिठ्युँमा धाप मारेका छन् । आफूले पाएको दुःख र पीडालाई बुनेर गाएको गीतमा एन्जेलिना र हिलारीले थपडी पनि बजाए ।

अन्तराष्ट्रिय नारी दिवस मनाउन विश्वभरिबाट न्यूयोर्कमा भेला भएका विशिष्ठ व्यक्तिहरूको जमघटमा नेपाली किशोरी सुमा छाइन् । उक्त जमघटको सुरुआत सुमाले थारु गीत गाएर गरिन् । न्यूयोर्कको लिङ्कन सेन्टरमा सुरु भएको जमघट तीनदिनसम्म चल्नेछ जहाँ महिलाका अन्तराष्ट्रिय मुद्दामाथि छलफल हुनेछ । अमेरिकी अखबारहरूले हजारौं नेपाली कमलरी केटीहरूको प्रतिनिधित्व सुमाले गरेको भनेर लेखेकी छिन् ।

जमघटमा ओस्कर विजयी अभिनेत्री मेरिल स्ट्रिप पनि सहभागि रहिन् । एन्जेलिना संयुक्त राष्ट्रसंघकी सद्भावना दूतको हैसियतमा सहभागि थिइन् । सुमालाई रुम टु रिड संस्थाले गतसाता अमेरिका लगेको हो । कमलरी प्रथाबारे थुप्रै छोटा सिनेमाहरू निर्माण भएका छन् । सिनेमा कन्टेन्टका लागि पश्चिम नेपालको थारु कमलरी प्रथा महत्वपूर्ण मुद्दा बन्न सक्छ । सुमा छोटो चलचित्र ‘टेन इन्टु टेन’की अभिनेत्री पनि हुन् । उनी थारु भाषामा गीत पनि गाउँछिन् ।


पुरा भिडियो हेर्नुहोस पार्ट 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News