कंकालको कुरा गर्ने बितिकै धेरै मासिहरु डराउने गर्दछन् । कंकालसंग बस्न मात्र नभइ त्यसको कल्पनासम्म पनि गर्न सक्दैनन् मानिसहरु तर स्वीडेनको एक महिलाले कंकाललाइ आफुसंगै राखेर यौन सम्पर्क गरेकी छिन् । यौन सम्पर्क गरेकी महिलाले आफ्नो भिडियो समेत बनाएर राखिकी छिन् । ब्रिटिश पत्रिका द सन अनुसार उक्त महिला माथि मृत व्यक्तिको शान्ति भंग गरेको आरोप पनि लगाइएको छ । दोषि सावित ठहरे उक्त महिलाले दुइ वर्ष कैद भोग्नु पर्ने हुन्छ । वकिलका अनुसार ३७ वर्षीय कथित महिलाले ६ खोपडी, एउटा मेरुदण्ड र केहि हड्डीलाइ संकलन गरी मुर्दाघरको केहि तस्वीरसंग एउटा गुप्त कोठामा राखेकी थिइन् । पुलिसका अनुुसार सेप्टेम्बरमा गिरफ्तारीको बेला कंकालसंग यौन सम्पर्कको केहि तस्वीर र दुइवटा सिडि पनि बरामद भएको थियो । सिडि कभरमा 'माइ नेफ्रोफिलिया'( मृत व्यक्तिसंग यौन आकर्षण ) र 'माइ फस्ट एक्सपिरिएन्स' लेखिएको थियो ।