Nepali Film

१४ वर्षीया बालिकामाथि प्रहरीले गरे जबरजस्ती बलात्कार- भिडियो सहित


शुक्रवार राति जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा कार्यरत प्रहरी जवानले एक बालिकामाथि जबरजस्ती बलात्कार गरेका छन्। सुर्खेतबाट भाइटिका लगाएर घर फर्कंदै गरेकी जाजरकोट जिल्ला मजकोट गाविस-४ की १४ वर्षीया बालिकामाथि जाजरकोट जिल्लाकै मजकोट गाविस-६ निवासी सिंहबहादुर रावतले शुक्रवार राति बलात्कार गरेका हुन्।

दैलेखको बेस्तडा बजारस्थित बस्नेत होटलमा बास बसेकी दमाई थरकी ती बालिकालाई जबरजस्ती करणीबाट बचाउन खोज्दा पीडितका बाबु र एक स्थानीयबासीलाई रावतले कुटेका थिए।

पीडितले शनिबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवान सिंहविरुद्ध कडा कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएकी छिन्। घटनालगत्तै स्थानीयबासीको नियन्त्रणमा रहेका रावतलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ।


Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News