Nepali Film

डान्स क्लबमा सुमिनाको उत्तेजक नृत्य


 घरबाट सिठी र तालीको आवाज बाहिर चर्का आइरहेछ । बेलाबेलामा गतिलो हुटिङ चलिरहेछ । अनुमान लगाउन सकिन्छ- पक्कै भित्र कुनै विशेष सेलिब्रेसन चलिरहेछ । भित्र छिर्दा देखियो, डान्सक्लब को माहोल। सुमिना घिमीरे 'मेरो चोली यति राम्रो छ झन् भित्र केहोला ...' गितमा निकै ग्ल्यामरस तथा उत्तेजक शैलीमा कम्मर हल्लाइरहेकी छन् । सुमिनाको नृत्यमा दर्शकदीर्घबाट सिठीको आवाज र तालीको पर्रा छुटिरहेको रहेछ । सुमिनाको कामुक अदाहरूमा लठ्ठ दर्शक नृत्यमा झुम्दै स्टेज बाहिर आ आफ्नै सैलीमा मनोरन्जन लिईरहेका थिए । सुमिनाचाही सकेजति दर्शकलाई आफ्नो मोहजाल लठ्याएर राख्न चाहिरहेकी थिइन् । यत्तिकैमा स्टेजबाहिर सुमिनाको नृत्य हेरेर कलाकार सिपी पौडेल तथा सानु ताम्राकार पनि देखिए । स्टेजबाहिर बसेका सिपी सुमिनाको नृत्य हेरेर घरी घरी आफ्नो छाती सुमसुम्याउदै शरिर हल्लाउदै थिए भने कहिले स्टेजमा नाचेकी सुमिना फ्याङ किस लगातार छोड्दै थिए । सिपीको किस र स्टेजमा सुमिनाको सेक्सी नृत्य अनि नृत्य हेरर सबै जना आ आफ्नै पारमा सुमिनालाई फ्लाइङ किस जब बर्षउन थालेका के थिए कतैबाट आवाज आयो- कट । नृत्य गरिरहेकी सुमिना टक्क अडिइन् । नृत्यमा झुम्म परेका दर्शकमा शान्तता छायो । सबै आआफ्नै सिटमा बसे । 


प्रसंग हो चलचित्र स्टार को । बुधबार दरबारमार्ग स्थित इन्सुमिनीया लंज बारमा सुटिङ भइरहेको थियो । कलाकारहरू सुमिना घिमीरे , सिपी पौडेल र सानु ताम्राकार सट दिईरहेका थिए । चलचित्र स्टार भित्र पनि एउटा चलचित्र निर्माण सम्बन्धी कथा छ । सो चलचित्रकी नायीका हुन्छीन् सुमिना घिमीरे भने प्रोडुसर हुन्छन् सिपी पौडेल । त्यहि चलचित्रको आईटम गितका छायांकनका भैरहेको र आफ्नो उत्यजक तथा सेक्सी ग्ल्यामर नृत्यबाट चलचित्रमा लगानी गर्ने प्रोडुसरलाई समेत नायीकाले आफ तर्फ आर्कर्षण गराउने सिन चलचित्रमा छ । आज यही सिनको छायांकन गरिएको हो, नृत्यनिर्देशक शिब बिकले छायांकन भैरहेको दृस्यबारे प्रष्ट्याए ।

चलचित्रमा मेरो हिरोनी बन्नका लागी के अनेक संघर्ष गर्ने एक केटीको भुमिका छ । अहिले चलचित्रमा आईटम गित राख्ने परम्परानै चलेको छ । यहि अनुसार यस चलचित्र भित्र पनि निर्माण हुने चलचित्रमा एक आईटम गित छ । जुन हदै ग्ल्यामर र सेक्सी पनि हुन्छ । गितले सबैलाई आफु तर्फ आकषिर्त गराउनुपर्ने आइटम गीत छ, अहिले त्यसैमा नाचेकी हु सुमिनाले भनिन् । यो आइटम गीतमा आफूले अहिले सम्म गरेका चलचित्रको भन्दा हट सिनहरु र चलचित्रमा पनि हदै सम्मका ग्ल्यामर दिएकाले यसले आफ्नो अन्य चलचित्र भन्दा झनै बढी चर्चा कमाउने दाबी उनले गरिन् । चलचित्र नायीका बन्न संघर्ष गर्ने केटीको संघर्षको समय, नायीका हुदाको समय र नायीका भैसके पछि चर्चा कमाउदाको स्थिती सबै रहेकोले यो आफ्नो बास्तबिक जिबन संग पनि संयोगले मिल्ने खालको भएको समेत बताइन् । उनले भनिन् म आफै पनि संघर्ष गरेर चलचित्र क्षेत्रमा चर्चामा पुगेको हिरोनी चलचित्रले अझ आखफुलाई चर्चामा पुर्याउने बिस्वास पनि लिएकी छन् ।

चलचित्रमा प्राय हास्य पात्रको रुपमा देखिने सिपी पौडेले यसमा चलचित्रमा लगानी गर्ने निर्माताको भुमिका निर्बाह गरेका छन् । चलचित्र भित्र एउटा अर्का चलचित्र निर्माण गर्ने प्रोडुसर हुन्छ त्यसको भुमिका हो मेरो सिपीले भने । आफुले लगानी गरेको चलचित्रको आईटम गितमा हिरोनी नाचेको देखेर आफ्नो लगानी राम्रो ठाउमा गरेको रहेछु भन्दै सोच्ने अभिनय हो । आजको आफ्नो अभिनयको बारे सिपीले भने । त्यस्तै सानु ताम्रकारले भने आफ्नो यो गितमा अन्त्यमा नेवारी लयको एक हरफको गित पनि छ ।त्ायो गित गाउने अभिनय आफुले गर्ने बताए ।

संगम भिजन प्रालीको ब्यानरमा निर्माण भैरहेको चलचित्रका निर्माता निर्देशक महेन्द्र बुढाथोकीलेनै गरेका हुन् । पाच छ बर्षकामे अन्तराल पछि चलचित्र निर्देशनमा देखिन लागेका हुन् । लामो समयका अन्तराल पछि पनु निर्देशनमा किन  प्रश्न चुहाउन नपाउदै उनले भने चलचित्र एउटा नसा हो त्यो नसालेनै मलाई तानेर ल्यायो । लामो समय आफु चलचित्र निर्देशनमा नरहे पनि चलचित्र संग सम्बन्धीत बिभीन्न बिधामा आफु कार्यरत रहेको उनले बताए । चलचित्र स्टारमा निरज बराल ,सुमिना घिमीरे ,श्याम घिमीरे , रमेस बुढाथोकी, गणेस उप्रेती ,रुपा खनाल, सिपी पौडेल लगायतका कलाकारहरुको प्रमुख भुमिमकामा अभिनय गरेका छन् । सर्बज्ञ मान शाक्य र अजुर्न पोखरेलको संगित,सुरेस बर्जाचार्यको छायांकन शिब बिकको नृत्य चलचित्रमा रहेको छ भने गित दयारम पाण्डे र निर्देशक महेन्द्रकै रहेको छ । अहिले छायांकनको अन्तीम चरणमा रहेको चलचित्र फागुन तिर सार्बजनिक प्रर्दशनमा ल्याईने निर्देशक बुढाथोकीले जानकारी गराए ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News