
मुम्बई, पुस ३ - राम्रो लुगा लगाउन खप्पिस भन्दै बलिउडमा तारिफ खाएकी नायिका प्रियंका चोपडाको लुगा एक सार्वजनिक कार्यक्रममा च्यातियो । मुम्बईको एक पबमा भएको कार्यक्रममा डिजेको भूमिकामा देखिएकी प्रियंकाले संगीतको तालमा जसै हात उठाइन् शरीरमा बेस्सरी टाँसिएको कपडा ध्यारर् च्यातियो ।
बलिउडकी चल्तापूर्जा नायिकाकाले सार्वजनिक कार्यक्रममै लुगा च्यातिएपछि भारतीय सञ्चारमाध्यमले जोडतोडले स्थान दिएका छन् । टाइट कालो डे्रसमा देखिएकी पि्रयंकाले देब्रे हात माथि उचाल्दा उनको काखीमुनीको लुगाको भाग च्यातिएको हो ।
यसअघि पनि उनकी बहिनी परिणती चोपडाले एक फिल्मको सुटिङको क्रममा पाइन्ट पछाडि च्यातिएको थियो ।