बिहे र हनीमुन जिन्दगी कै सबै भन्दा महत्वपुर्ण क्षण हुने गरेको छ । तर कहिले कुनै कारण बश बिहेको समारोह र हनीमुनको कार्यक्रम चौपट हुने गरेको छ ।
तर अब डराउन पर्दैन किन कि बिहे र हनिमुनको पनि बिमा हुने भएको छ । यस्तो बिमा केही पश्चिमी देशमा हुदै आएको थियो ।
भारतमा पनि अब यस्तो प्रकारको बिमा हुने भएको छ । भारतमा बिहे समारोहको व्यापार निकै बढेपछि बिमा कम्पनिले यस्तो कदम उठाएको हो ।
यस पोलिसीमा बिहेको खाना खाएर कसैलाइ फुड पोइजिङ हुने, मंडपबाट अस्वीकार गरेमा, हनीमुन स्थगित भएमा कम्पनीले तपाइलाइ निश्चित रकम दिनु पर्नेछ ।