Nepali Film

ठुलो स्वरमा गीत बजाएर छिमेकीको जागिर खाएपछी जेल

१८ माघ, एजेन्सी । आफ्नो घरमा ठूलो स्वरमा गीत बजाएर छिमेकीको जागिर समेत छुटाएका एक व्यक्तिलाई ६ महिनाको जेल सजाय भएको छ । स्पाइस गर्ल्स नामक ब्राण्डका प्रशंसक रहेका उनले उक्त ब्याण्डको गीत निकै ठूलो स्वरमा बजाएपछी छिमेकीले निन्द्रा पुर्यउन नसक्दा उनले गर्ने काममा समेत समस्या आएपछी उनले जागिर नै छाड्नुपरेको थियो ।

नोट्टिनगममा बस्दै आएका ३४ वर्षीय ग्याभिन टाउन्रोले स्पाइस गर्ल्सका गीतहरू निकै ठूलो आवाजमा सुन्ने गरेका थिए । उनले आफ्नो कोठामा लगभग चौबिसै घण्टा जस्तो उनीहरूका गीत बजार बस्ने गरेका थिए जसले वरपर रहेका छिमेकीलाई सुत्न समेत समस्या भएको थियो । छिमेकीले पहिले उनलाई यसो नगर्न आग्रह गरेपनि उनले भने छिमेकीको आग्रहलाई वेवास्ता गर्दै आएका थिए ।

उनले आग्रह नमानेपछी वरपरका छिमेकीले उनीविरूद्ध प्रहरीमा उजुरी हालेका थिए । उजुरीपछी प्रहरीले उनलाई ठूलो स्वरमा गीत नबजाउन चेतावनी दिएको थियो तर उनले प्रहरीको चेतावनीको समेत वेबास्ता गरेर गीत ठूलो स्वरमा बजाउन नछाडेपछि उनलाई पक्राउ गरी अदालत उपस्थित गराइएको थियो । उनलाई छिमेकीहरूको अधिकार समेत हनन गरेको तथा कानुनको समेत उपहास गरेको भन्दै ६ महिनाको जेल सजाय सुनाइएको छ

Watch Part 2 पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News