Nepali Film

नेपालमा पनि गोप्य अंगमा ट्याटु बनाउनेको संख्या बढ्दो (भिडियो फोटो सहित)




काठमाडौँ १४ माघ, प्रविधिको विकाससंगै मानिसहरु अझ बढी फेसनेबल बन्दै गैरहेका छन् । नेपालमा बिसेशगरी पश्चिमा मुलुकमा गरिने फेसनले निकै बढी प्रभाव पार्ने गरेको पाइन्छ । पछिल्लो समय तिनै पश्चिमाहरुको नक्कल गर्दै सरिरमा ट्याटु बनाउने प्रचलन बढ्दै गएको अवस्थामा नेपालमा आफ्ना गोप्य अंगमा पनि ट्याटु खोप्ने चलन बढ्न थालेको छ । बिषेशगरी अहिलेको नयाँ पुस्तामा यस्तो नयाँ खालको सोखको बिकाश हुँदै गएको देखिन्छ । 

अहिलेका युवा युवतीमा आफ्ना प्रेमी तथा प्रेमिकाको नाम गोप्य अंगमा लेख्नाले प्रेम मजबुत हुने अनुमानका साथ यस्ता ट्याटु खोप्ने गरेको पाइएको छ । काठमाडौँका गणेश लामा आफ्नी प्रेमिकाको अनुरोधमा दुवै जनाले गोप्य अंगमा ट्याटु खोपेको बताउँदै यसले विश्वास बढाउने दावी गर्छन । किर्तिपुर बस्दै आएका झापाका अनिश गौतमले त झन ८०००० रुपैया तिरेर आफ्नी गर्लफ्रेन्डको नाम अफ्नो लिंगमा लेखाएका छन् । उनीबाट धोका भए के गर्नु हुन्छ नि भन्ने प्रश्नमा संकोच नमानी अनिश भन्छन- त्यस्तो नहोला बरु उनलाई पनि छिट्टै स्तनमा आफ्नो नाम लेख्न लगाउँछु अनि त टेन्सन साफ । 

केही समय अघि मात्रै नायिका सुष्मा कार्की र करिश्मा मानन्धरले पनि आफ्नो स्तनमा ट्याटु बनाए पछि अहिलेका युवतीहरुमा त्यसको लहर चलेको छ । कतिले देख्ने गरी त कहिले गोप्य रुपमा यस्ता ट्याटु बनाउने गरेको निउरोड ट्याटु मेकर जीवन महर्जन बताउछन । दिनमा १० जना जति महिला र पुरुष आफ्नोमा ट्याटु बनाउन आउने गरेको भन्दै उनले प्राय जोडी गोप्य अंगमा एक अर्काको नाम लेखाउने गरेको बताउछन ।



यसरी ट्याटु खोपाउनलाई निकै पैसा खर्च गर्नु परे पनि पछि नहट्ने युवा युवती यसले गर्ने सक्ने बेफाइदालाई वास्तै नगई ट्याटु बनाउन लागि परेका छन् । ट्याटु बनाउंदा हुन सक्ने खतरालाई ध्यान दिएमा पछि गएर पछुताउनु पर्दैन की ?


Watch Video Click to close ad below Part 1 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News