
अमेरिकाको वासिङ्टनमा एक पिताको अद्भुत सर्त पूरा गर्नलाई दुई दिदीबहिनीले फेसबुकमा 'दस लाख' लाइक्सका लागि अपिल गर्नुपर्यो । उनीहरूको मिहिनेत सफल भयो र फेसबुकको 'लाइक्स' को मद्दतले उनीहरूले छाउरा (पपी) लाई घरमा
ल्याउन पाए ।
मेट्रो यूकेको अनुसार ती दुई नानीलाई घरमा खेल्नलाई छाउरा चाहिएको थियो । क्यान्सरका कारणले पुरानो कुकुर मरेपछि उनीहरूको घर खालीखाली
थियो । उनीहरूका तीन स-साना भाइ पनि पपीसँग खेल्न चाहेका थिए । पिता भने उनीहरूको माग पूरा गरिरहेका थिएनन् ।
एक दिन दुवै दिदीबहिनीले फेसबुकमा एक दाजुबहिनीको पोस्ट पढे । ' यो पोस्टमा धेरै लाइक पाएमा पिताले हामीलाई पप्पी किनिदिनुहुन्छ,' उक्त पोस्टमा लेखिएको थियो । उनीहरू यो पोस्टबाट प्रेरित र प्रोत्साहित भएर पपी पाउने आइडिया निकाले ।
उनीहरूले पनि पितासँग यस्तै सर्त राखे । फेसबुकमा दस लाख लाइक्स जुटाएमा पपी किनिदिने पिताले चुनौतीपूर्ण सर्त राखे ।
उनीहरूले ढिलो नगरी घरमा साइनबोर्ड बनाएर भाइबहिनीको तस्बिरका साथ फेसबुकमा पोस्ट गरे । फेसबुक युजरको मनलाई यो पोस्टले छोएको हुनाले उनीहरूले बेजोड मत पाए ।
पिताले उनीहरूलाई नजिकैको एनिमल रेस्क्यु सेन्टर -जन्तु उद्धार केन्द्र) मा लगेर एक अनाथ पप्पी लिइदिए । उनीहरू यति खुसी भए कि नयाँ पप्पी सहितको फोटो पनि फेसबुकमा पोस्ट गरे । फेसबुक प्रयोगकर्ताहरूले यो उपलब्धिको प्रशंसा गर्दै फेरी पनि लाइक्स गरे ।