Nepali Film

ब्राजिली वेश्याहरू विश्वकपका लागि अंग्रेजी सिक्दै -भिडियो सहित

 ब्राजिली वेश्याहरूले यसै वर्षको कन्फेडेरेसन कप तथा २०१४ मा हुने विश्वकपका लागि अंग्रेजी भाषाको कक्षा लिन सुरु गरेका छन्। 

वेश्याको ठूलो घनत्व रहेको ब्राजिली सहर बेलो होरिजोन्टेको वेश्या संघकी अध्यक्ष सिडा भिइराले अंग्रेजी भाषा सिक्ने कक्षामा अहिलेसम्म २० वेश्या भर्ना भइसकेको बताएकी छन्। ४ हजार वेश्या सदस्य रहेको संघले विश्वकप तथा कन्फेडरेसन कपमा आउने भ्रमणकारी ग्राहक (फुटबल समर्थक) लाई सेवा दिन अंग्रेजी भाषा अनिवार्य हुने भएकाले निःशुल्क कक्षाको व्यवस्था गरेको हो। निःशुल्क कक्षाबाट भाषा सिक्न कम्तीमा ३ सय वेश्या आउने अपेक्षा गरिएको अध्यक्ष भिइराले बताइन्। उनले वेश्याहरूलाई अंग्रेजी भाषा पढाउन स्वयम्सेवक शिक्षकको खोजी पनि भइरहेको बताइन्।
‘हामीले अहिले थुप्रै मनोवैज्ञानिक र चिकित्सकहरूको सहयोग पाईरहेका छौं। मेरो विचारमा इङ्लिस शिक्षकहरूले पनि हामीलाई सहयोग गर्नेछन्,' उनले भनिन्। उनका अनुसार मार्चबाट सुरु हुने भाषा कक्षा आठ महिना चल्नेछ। 

‘अंग्रेजी सिक्न सकेमा केटीहरूलाई अंग्रेजी भाषी ग्राहकलाई सेवा दिन सहज हुनेछ। भाषा जानेपछि केटीहरूले सेवावापतको मूल्य र सेवाका अन्य पक्षबारे राम्ररी कुराकानी गर्न सक्नेछन्, जसले ग्राहकलाई पनि पूरा सन्तुष्टि प्रदान गर्नेछ,' उनले भनिन्, ‘विश्वकपका लागि फ्रान्स र इटालीबाट पनि ठूलो संख्यामा ग्राहक आउने भएकाले हामीले केटीहरूलाई यी भाषा पनि सिकाउने योजना बनाएका छौं।'
Watch Video Click to close ad below Part 2


ब्राजिलमा वेश्यावृत्तिले कानुनी मान्यता पाएको छ। बेलो होरिजोन्टेस्थित ६२ हजार दर्शक क्षमताको मिनेइराओ रंगशालाले कन्फेडेरेसन कपका तीन तथा विश्वकपका ६ खेल आयोजना गर्नेछ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News