Nepali Film

सार्वजनिकस्थलमै महिलामाथि दुर्व्यवहार-भिडियो सहित


काठमाडौं, पुस २७ - दिउँसो चार बजे तीनजना किशोरी आफ्नै धुनमा गन्तव्यतिर जाँदै थिए । अचानक उनको छेउबाट एक पुरुष 'कस्ता राम्रा मैयाहरू' भन्दै धकेल्दै गए । एक सुरले हिँडेका ती युवतीहरू अलमल परे । युवालाई प्रतिकार गरेनन् ।
सोमबार अनामनगरको चोकमा देखिएको यो एउटा प्रत्यक्ष उदाहरणमात्र हो । महिला हिंसा दिनानुदिन बढिरहेका बेला राजधानीमै यस्ता गतिविधि सामान्य जस्तै छन् । तर त्यसले महिलाको मानसिकतामा पार्ने नकारात्मक प्रभाव, आत्मग्लानि गहिरो हुन्छ । बाटो, कार्यालय, सवारी साधनमा यात्रा गर्दा महिलामाथि हुने यस्ता दुव्र्यवहार नै हिंसाको प्रारम्भिक रूप हो । कोटेश्वरकी पवित्रा गौचनलाई पुरुषले बाटोमा जिस्काउने कुरा सामान्य लाग्छ । डिल्लीबजारस्थित पद्मकन्या क्याम्पसमा स्नातक तेस्रो वर्ष पढ्दै गरेकी २२ वर्षीया पवित्राले बाटोमा बस कुरिरहेको बेला बाइक चलाइरहेको व्यक्तिले 'एकोहोरो हर्न बजाइरहेको' घटना उनले सुनाइन् । 'यस्तो अवस्थामा के गर्न सकिन्छ र ? चुप लागेर बस्नुबाहेक केही उपाय हुँदैन,' उनले भनिन् 'त्यस्तालाई वास्तै नगर्‍यो आनन्द ।' पवित्राले यस्ता समस्या पचाउँदै आए पनि पुतलीसकडकी सुजना आचार्यले बाटोमा जिस्काइरहेका युवाहरूसँग गालीले प्रतिकार पनि गरिछन् । तर ती युवाहरूले गल्ती महसुस गर्नुको साटो झन् अश्लील शब्द प्रयोग गरेको उनले बताइन् ।

'प्रतिकार गरे पनि डर, नगरे पनि डर' त्रिचन्द्र कलेजमा पढ्ने २४ वर्षीया सुजनाले भनिन्, 'यहाँसम्मकी मलाई केटाले जिस्कायो भनेर घरमा सुनाउँदा हाँसोमा उडाइदिए ।' हिँड्दै गर्दा गाडीको हर्नले जिस्काउनु, एकोहोरो हेरिरहनु, अश्लील शब्द बोल्नु, जानी-जानी धकेल्नु, यात्रामा छुन खोज्नुजस्ता महिलाविरुद्धका घटना समाजमा आम बन्दै गएको छ, जुन हिंसाकै एक रूप हो । महिला आयोगकी अध्यक्ष शेष चाँदताराले सार्वजनिकस्थलमा गरिने यौनजन्य महिला हिंसा परम्परादेखि चल्दै आएकाले समाजले पनि सामान्य मान्न थालेको बताइन् । 'तर यो हिंसाको सूक्ष्म र गम्भीर रूप हो । महिलालाई जिस्काउने संस्कार बढ्दै गएको छ,' उनले भनिन् 'बलात्कार, हत्याजस्ता हिंसाको अगाडि यी विषय गौण देखिएका हुन् । तर यो गम्भीर विषय हो ।'

कानुनी रूपमै यस्तो हिंसा हटाउन चेतनाको अभिवृद्धि जरुरी रहेको उनले बताइन् । यसमा पीडित आफैंले आवाज उठाउनु जरुरी भएको उनको भनाइ छ । मानसिक रूपमा पीडितले यस्ता घटनाको उजुरी गर्ने आधार नहुनु, महिलाको सहने बानी र समाजले पनि सहज रूपमा लिएकाले सार्वजनिकस्थलमै महिला हिंसा मौलाउँदै गएको अध्यक्ष शेषले बताइन् । डीएसपी धीरजप्रताप सिंहले यस्तै हिंसा रोक्न साझा पोसाकमा सुरक्षाकर्मी खटाउने गरेको बताए । 'कलेज, चिया पसल, बसपार्कलगायतका स्थलमा हामीले बढी निगरानी गरेका छौं,' उनले भने, 'महिनामा ३०/३५ जनाको उजुरी परेका छन्, यसलाई सार्वजनिक अपराधअन्तर्गतको मुद्दा लाग्छ ।' यौनजन्य सोचले बाटोमा वा सार्वजनिकस्थलमा कुनै पनि महिलालाई गरिने व्यवहारलाई कानुनी नजरमा सार्वजनिकस्थलमा गरिने यौनजन्य क्रियाकलाप महिला हिंसा ठहरिने अधिवक्ता वसन्त बस्नेतले बताए । उनका अनुसार प्रमाणका आधारमा पीडितले प्रहरी प्रशासनलाई उजुरी गर्छ भने त्यसलाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा लाग्छ । यसअन्तर्गत अपराधीलाई बढीमा ३ महिनाको कैद र २८ हजार रुपैयाँसम्म जरिवाना लिइने कानुनी व्यवस्था छ । तर यो कानुनले महिला हिंसालाई निर्मूल गर्न पर्याप्त नभएको बस्नेतले बताए । कानुन भए पनि सार्वजनिकस्थलमा गरिने कतिपय यौनजन्य हिंसाको प्रमाण जुटाउन गाह्रो भएकाले यसको प्रभाव त्यति नभएको उनले बताए । 'म आफंैले देखेको छु, स्कुटी चलाइरहेकी एकजना युवतीलाई पल्सर बाइकवाला युवाले छेउमै आएर अलमलाउँदै नचाहिने शब्द बोले,' अधिवक्ता बस्नेतले भने, 'यस्तो अवस्थामा उनले कसरी न्यायका लागि पहल गर्ने ?'

सार्वजनिकस्थलमा गरिने यौनजन्य महिला हिंसाबारे कानुनी आधार अझ बलियो बनाउन विघटित संविधानसभामा विधेयक पेस भए पनि अहिले त्यसको अवस्था अर्थहीन रहेको उनले बताए । सार्वजनिकस्थलमा अरूसँग हुने समग्र हिंसासँग पनि महिला हिंसाको पाटो जोड्न मिल्दैन । अरूको तुलनामा यो विषय संवेदनशील छ । त्यसैले यसबारे छुट्टै नीति र कानुन बनाउन जरुरी छ । पीडित पीडामा भइरहने तर अपराधीको प्रमाण फेला पार्न नसकिने अवस्था भएकाले महिलासम्बन्धी हुने यस्तो दुव्र्यवहार रोक्न राज्यले छुट्टै कानुन बनाउन जरुरी छ । विकसित राष्ट्रहरूमा जस्तै ठाउँ-ठाउँमा सीसीटीभीको व्यवस्था भए यस्तो जटिल समस्यामा केही सुधार ल्याउन सकिने उनको भनाइ छ ।

महिला हिंसाविरुद्ध बालुवाटारमा जारी आन्दोलनमा चित्र बनाएर ऐक्यबद्धता जनाउँदै बालबालिका ।    
Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News