Nepali Film

सहबासले बनाउँछ सम्बन्ध बलियो- भिडियो


भनिन्छ जब दम्पतीबीच शारीरिक सम्पर्क बन्द हुन्छ तब उनीहरुबीचको सम्बन्ध पनि टुटफुटको दिशामा अघि बढ्छ । यौन मनोविज्ञहरुका अनुसार जवानी छँदै दम्पतीबीच सहबास नहुनु भनेको मनमुटाव हुनु, अविश्वास बढ्नु वा दाम्पत्य जिवन टुंगिने दिशामा अघि बढ्नु हो भनेर बुझे हुन्छ । उनीहरुका अनुसार सहबासले दम्पतीमा एक अर्काप्रति विश्वास बढाउँछ र सम्बन्धलाई अझै बलियो र दीगो बनाउँछ ।

महिला वा पुरुषमा उत्पन्न हुने सहबासप्रतिको अरुचीले सम्बन्धमा खटपट ल्याउने खतरा हुन्छ । विज्ञहरुका अनुसार महिलाहरु गर्भवती भैसकेपछि आफ्नो पार्टनरलाई आफुले यौन सन्तुष्टि दिन नसक्ने र पार्टनरको मन बिच्किन सक्ने भन्दै निकै चिन्तामा हुन्छन् । यो तनाव र चिन्ताले उनीहरुलाई यौन सम्पर्कका लागि झनै असमर्थ बनाउँछ । त्यसैले यस्तो तनावबाट मुक्त हुनु सफल यौन जिवनको एक महत्वपूर्ण विषय हो, जसबाट गर्भावस्थामा समेत महिलामा सहबासका लागि सक्षमता वृद्धि हुन्छ र पुरुष पार्टनरको यौन सन्तुष्टिमा वृद्धि हुन्छ ।




बच्चाको जन्म भैसकेपछि पनि श्रीमान श्रीमतीको यौन सुखमा प्रत्यक्ष असर पुग्दछ । बच्चाको हेरचाहमा महिला व्यस्त तथा थकित बन्नुपर्ने र पुरुष समेत घरव्यवहारमा बढि नै सामेल हुनुपर्ने भएकाले यौनिक सन्तुष्टिको विषय प्राथमिकतामा पर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा समेत दम्पतीहरुले आफ्नो यौनजिवनमा उर्जा भर्न सक्छन् । त्यसको लागि केही समय बच्चाबच्चीलाई अभिभावक, केयर सेन्टर वा आफ्ना साथीहरुकोमा पठाएर दुइ जना मात्रै कुनै नयाँ ठाउँमा घुम्न निस्कने वा बँचेको समयलाई यौनिक सुखका लागि भरपूर उपयोग गर्नु हितकर हुन्छ ।



महिलाहरु बच्चाबच्चीका आमा बनिसकेपछि यौनिक सुखका विषयमा आत्मविश्वास गुमाउँदै जाने मात्र होइन आफ्ना पतिप्रति पनि बढि नै शंकालु बन्ने गर्छन् । पुरुषहरु पनि श्रीमतीलाई घरधन्दा सबै सुम्पिएर एक्लै रमाउने प्रवृत्ति बढाउँछन् र उनीहरुले श्रीमतीले आफुलाई समय नै नदिएको भनि कनकन समेत सुरु गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव सुरु हुन बेर लाग्दैन । त्यसैले बच्चाको हेरचाह र घरधन्दाको काम एक्लैले नगरी आफ्नो श्रीमानलाई समेत त्यसमा लगाउने र बाँडीचुँडी घरधन्दा गर्ने गरेमा प्रभावकारी बुझाइको विकाश हुने मात्र होइन समयको बचत हुने र बचेको समयलाई दम्पतीले चाहे अनुसारको काममा लगाउन सक्छन् ।

आमा बनिसकेपछि महिलामा आफ्नो सौन्दर्यको विषयलाई लिएर हिनताबोध बढ्दै जाने, यौनमा अरुची बढ्ने तथा यौन सम्पर्क र यौनिक सुखका विषयमा विश्वास घट्दै जाने जस्ता समस्या देखा पर्छन् । यसले महिलाको पारिवारिक तथा यौन जिवनमा असर त पर्छ नै उनको पार्टनर वा श्रीमानको हकमा समेत नकारात्मक असर पार्दै जान्छ र अन्ततः त्यसले पारिवारिक विखण्डनको अवस्था समेत निम्त्याउन सक्छ । तसर्थ दाम्पत्य सम्बन्धको मुख्य कडीको रुपमा रहेको सहबास वा यौनिक सुखको विषयलाई सदावहार बनाउनका लागि श्रीमान श्रीमतीबीच आपसी समझदारीका साथै खासगरी महिलामा आमा बनिसकेपछि झनै आत्मविश्वासको खाँचो हुन्छ ।
Watch Video Click to close ad below Part 1

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News