Nepali Film

जहा वलात्कारपछि विवाह गरेमा माफ हुन्छ सजाय(भिडियोमा हेर्नुहोस)


वलात्कार पिडितको अधिकारका विषयलाई लिएर दूनियाभरमा चर्चा चलिरहेको छ । तर मोरोक्कोको दंड संहिताको एक अनुच्छेदका अनुसार नावालीग केटीलाई वलात्कार गर्नेवालाले यदी केटीसंग विवाह गर्न चाहान्छ वा गर्छ भने उसको विरुद्धमा मुद्दा लाग्दैन । खासमा १० महिना पहिले १६ वर्षकी एक किशोरी अमीना फिलालीको जवरजस्ती त्यस ब्यक्तिसंग विवाह गराईयो । जसले उसको वलात्कार गरेको थियो । त्यसपश्चात उनले आत्महत्या गरेकी थिईन् । आमीनाको आरोप थियो कि २५ वर्षिय मुस्तफाले विवाह पछि उसलाई शारीरीक रुपमा प्रताडीत गर्ने गर्दथ्यो । 

तर मुस्तफा यस विषयलाई अस्वीकार गर्छन् । विवाह भएको ७ महिना पछि अमीनाले मुसा मार्ने औषधी खाएर आत्महत्या गरेकी थिईन् । यस घटनालाई लिएर मोरोक्कोमा बृहत प्रदर्शन पनि भएको थियो । राजधानी रबात लगायत अन्य शहरहरुमा पनि यस विषयलाई लिएर प्रर्दशन भएको थियो । मोरोक्कोको ग्रामीण भागहरुमा कयौ युवतीहरुले कौमार्य गुमाउनुलाई पारिवारको बेईज्जत भएको मानिन्छ र उनी संग कसैले पनि विवाह गर्न नमान्ने हुन्छ ।

चाहे कौमार्य भंग वलात्कारवाट नै किन नभएको होस् । धेैरै जसो परिवारले यही मान्छन् की यदी वलात्कार गर्ने ब्यक्तिले ती युवती संग विवाह गर्छ भने  त्यो मामलाको हल निक्लीन्छ । अव मोरोक्कोको न्याय मन्त्रालयले दंड संहिताको अनुच्छेदलाई संसोधनको प्रस्तावलाई मन्जूरी दिएको छ । वलात्कारका दोषिलाई कडा कार्वाही गर्नुपर्ने र अझ नावालीग वलात्कारीको हकमा भने ३० वर्षको कैद सजाय हुने वताईएको छ । महिला संगठनहरुले यसको स्वागत गरेका छन् । 
Watch Video Click to close ad below Part 2 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News