Nepali Film

भारतिय सेनाको टाउको काट्नेलाइ ५ लाख



एजेन्सी। भारतिय सैनिकको टाउको काट्ने व्यक्तिलाई पाकिस्तानको गुप्तचर सस्था आईएसआईले पाँच लाख पुरस्कार दिएको भारतिय गुप्तचर सस्थाहरुले जनाएका छन्।


गएको जनवरी ८ मा टाउको काटेर हत्या गरिएको लान्स नायक हेमराज सिंहका हत्यारालाई आईएसआईका कर्णेलले पुरस्कार दिएको दाबी गरिएको छ।

भारतिय सेनाको टाउको काटेर हत्या गर्ने व्यक्तिले अनवर अलि भएको भारतीय सैनिक गुप्तचर स्रोतले जनाएको छ, अनवरको पाक  नियन्त्रित कश्मिरमा पसल रहेको पनि बताइएको छ।

भारतले उक्त आक्रमण आईएसआईद्धारा संरक्षित जैशे मोहम्मदले गराएको र आईएसआईको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको छ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News