Nepali Film

ग्रामी अवार्डमा विवादास्पद पहिरनहरु, कलाकारलाई गोप्य अंग छोप्न उर्दी (फोटो फिचर)


लसएन्जल्स, माघ २८ (एजेन्सी) – टिभी बोर्डकास्टर सिबिएसले अमेरिकाको लस एन्जल्समा आइतबार हुन लागेको ग्रामी अवार्डमा प्रस्तुती दिने कलाकारहरुलाई आफ्नो वक्षस्थल, नितम्ब लगायतका गोप्य अंगहरु छोप्न आदेश जारी गरेको छ । च्यानलले कलाकारहरुलाई राजनीतिसम्बन्धि कुरा गर्न बाट पनि बन्धेज लगाएको छ ।

“कृपया महिलाहरु आफ्नो वक्षस्थल र नितम्ब राम्ररी छोप्न र त्यस छेउछाउका अंग प्रदर्शन नर्गन निर्देशित गरिन्छ,” सिबिएस द्वारा जारी कार्यक्रमसम्बन्धि सर्कुलरमा लेखिएको छ । च्यानलले पहिरनामा कुनै किसिमको अश्लीलतालाई नस्वीकार्ने प्रस्ट पारेको छ ।

सन् २००४ टिभीमा गायिका ज्यानेट ज्याक्सनको वक्षस्थल देखाएकोमा सिबिएस कम्पनीले ५ लाख पचास हजार डलर जरिवाना तिर्नु परेको थियो । सुपर बोलको हाफ टाइमा आफ्नो प्रस्तुती दिँदै गर्दा ज्यानेटको लुगा फुस्किएको थियो ।

हरेक वर्ष ग्रामीमा अवार्डमा कलाकारहरुले लगाएको लुगाहरुको निकै चर्चा हुने गर्छ ।
पुरा हेर्न क्लिक गर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News