Nepali Film

मेरो कसैसँग प्रेम सम्बन्ध छैन्: नायीका केकी अधिकारी



पछिल्लो पुस्ताकी चल्तीकी नायिका हुन् केकी अधिकारी । अध्ययनशील नायिकाको रुपमा समेत चिनिने केकीले ८ वटा चलचित्रमा अभिनय गरिसकेकी छन भने ४ वटा रिलीज भैसकेका । चलचित्र आई.एम.सरीले उनको चर्चा निकै बढेको हो । आफ्नो एमबिएको परिक्षा नजिकिदै गएको कारण अहिले परिक्षाको तयारीमा निकै व्यस्त छिन् उनी । उनी एक लगनशिल पढेलेखेकी र राम्री कलाकारको रूपमा पनि चिनिन्छिन । चलचित्र निर्देशक बद्री अधिकारी अधिकारी(आफ्नै बुवा) को सहयोगले नै यहाँसम्म आउन सफल भएको उनले बताईन । बुवा यहि क्षेत्रमा भएको कारण पनि कलाकारिता क्षेत्रमा आउन सजिलो भएको नायीका अधिकारीको भनाई छ । उनै राम्री नायीका एवं मोडल अधिकारीसँग हाम्रा 
 रामजी ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश:

तपाईको नामको अर्थ ?
– मयुर ।

साच्चीकै मयुरजस्ती हुनुहुन्छ क्या हो ?
– मयुरले आफ्नो वर्णन गर्दैन, आफूलाई राम्रो सोच्दैन होला । मलाई मयुर भन्ने त होलान तर मैले मयुर हो भनेर त्यसरी चाहि सोचीन ।

नायीका बन्ने रूची चाहि कहिले पलायो ?
– म सानै छदाँदेखीनै यो क्षेत्रमा एउटा रूची थियो । अर्को कुरा मेरो बुवानै यो क्षेत्रमा भएको कारण कलाकारिता क्षेत्रमा आउन केही गाह्रो भएन तर गाह्रो यो कुरामा भयो की मलाई कसरी अरूले भन्दा राम्रो गरू र अरू भन्दा कसरी भिन्न तरिकाले प्रस्तुती दिन सकुँ ? तर पनि मेहेनत गर्दै जादाँ सहज भयो । रूचीले नै यहाँसम्म ल्यायो । म काठमाडौमा रहँदा डान्स क्लास लिन जान्थे । त्यसपछि म्युजिक भिडीयोको अफर आयो र लगातार मुभीहरू पाईरहेकी छु । मैले अव यो कुरा सोच्न र महसुस गर्न थालेकी अब यो चिज बाहेक अरू केही पनि सोच्न सक्दिन ।

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
– भर्खरै चलचित्र ‘बितेका पल’ सकेर दार्जीलिङमा फर्किएकी छु । मेरो परिक्षा नजिकिएको कारण अहिले म परिक्षाको तयारीमा नै व्यस्त हो । बाहिर ननिस्कीएर अध्ययन गरिरहेकी छु । चलचित्र महसुस, मुटु, प्रमिसको पनि छायाँकन सकिसकेको कारण अहिले चलचित्रको काम लगभग सकिसकेको छ । आउदो हप्तादेखी महसुसको डविङ भएकाले अब त्यता तिर पनि व्यस्त भईन्छ । यति नै हो नयाँ नौलो भनेको, अरू खास त केही छैन ।

तपाई अभिनीत ८ चलचित्र मध्ये कुनबाट सन्तुष्ट हुनुहुन्छ ?
– म सबै कुराबाट सन्तुष्ट भएको चलचित्र चाही ‘मसान’ तर पनि अरु चलचित्रपनि राम्रै भएका छन है तर केकी अधिकारी भनेर बढि चिनीएको मसानबाट होकी जस्तो मलाई लागेको हो । तर आईएमसरीले पनि मलाई निकै राम्रो गरेको थियो ।

नयाँ योजना केही बनाउनुभएको छ कि ?
– मेरो पहिलो योजना भनेको त जसरी भएपनि एमविए पूरा गर्छु भनेकी छु । त्यसपछि मात्रै चलचित्र र म्युजिक भिडियोको काम राम्रोसँग गर्छु भनेकी छु । तर योजना त धेरैनै छन है भनेरै सकिदैन ।

थोरै प्रशगं बदलौ न, बिवाह गर्ने सोच पलाएको छैन ?
– नाई, मैले त्यतातिर सोचेकी छैन । पहिला अध्यनलाई सक्छु त्यसपछि चाहि सोच्छु ।

कसैको पखाईमा भएर हो की ?
– मैले तपाईलाई पहिला पनि भनिसकेकी हुँनी, मेरो कसैसँग त्यस्तो सम्वन्ध छैन । म कसैको पर्खाईमा छैन र कसैलाई पर्खन पनि भनेकी छैन । बिवाहको कुरा भविष्यले बताउँछ कस्तो केटा, कसरी विवाह हुन्छ भनेर ।

त्यसो भए कस्तो श्रीमानको खोजीमा हुनुहुन्छ ?
– धेरैले सोच्छन् यहि कुरा मलाई वुझ्ने पति होस वा पाईयोस । मेरो पनि यहि हो ।

मन पर्ने कुनै सेलिव्रेटी?
– सलमान खान ।

झट्ट हेर्दा पुरुषको कुन अंगमा आखाँ जान्छ ?
– आखाँमानै जान्छ ।

घुम्न मन लाएको कुनै देश ?
–स्विजरल्याण्ड ।

मान्छे किन रुन्छ ?
– दुखाईले । तपाई यो कुरा नसोध्नुस की हास्दाँपनि दुख्छ त ? तर म भन्छु हास्दापनि कतै कतै दुखिरहेको हुन्छ रे ।

के पाए भन्ने लाग्छ कलाकारिता क्षेत्रमा आएर ?
– जीवनमा धैर्य गर्न सक्नुपर्छ सिकेकी छु । यदि धैर्य रहनेहो भने सफलता जसरी भएपनि पाईन्छ ।

तपाईलाई अबको प्रधानमन्त्री बनाईयो भने सुरूमा के गर्नुहुन्थ्यो होला ?
– महिला र बालबालिकाको हितका लागि राम्रोसँग काम गर्थे ।
Watch Part पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News