Nepali Film

७० को दशककी सेक्सी हिरोइन ६० वर्षको उमेरमा बिहे गर्दै


मुम्बई, माघ २१ (एजेन्सी) - २६ र २३ वर्षका दुई छोराले स्वीकृति जनाएपछि ६० वर्षको उमेर हिरोइन जीनत अमानले बिहे गर्ने भएकी छिन्। १९७० को दशकमा बलिउडकी सबैभन्दा चर्चित बाला अमानले अर्को बिहे गर्ने धारणा सुनाउँदा उनका दुबै छोराहरु अचम्मित भएका थिए। ७० को दशकमा यी हिरोइन सबैभन्दा चर्चामा रहन्थिन् किनकी यिनले फिल्ममा दिने बोल्ड सिन त्यतिखेरको समाजभन्दा धेरै नै उदार थियो। 
'उनीहरुले मलाई भने बिहे गर्दा खुशी हुनुहुन्छ भने गर्नुस्,' उनले भनिन्। जीनतको हिरो सञ्जय खानसँग सम्वन्ध रहेको चर्चा गरिएपनि उनले मजहर खानसँग बिहे गरेकी थिइन्। मजहर सन् १९९८ मा विते।

'हो म बिहेको योजनामा छु। मेरा दुई छोराहरुका बाबु वितेपछि विहेको कुरा सोचेको थिइन्, यो निर्णय आफैमा अचम्मको पनि हो। भगवानको चाहनाका अगाडि अरु सबै कुरा केही महत्व राख्दैनन्,' उनले भनिन्, 'मैले मेरा लागि एक योग्य भेटेँ तर म उनी को हुन खुलाउन चाहन्न। उनी भारतीय नै हुन्। हामी बिहेको योजना बनाइरहेका छौं। म खुशी छु र जवान भइरहेको अनुभूति गरिरहेको छु।'

उनले ४ वर्षदेखिको प्रेमलाई बिहेमा रुपान्तरण गर्न लागिएको बताइन्।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News