संघको २८ औं सदस्य राष्ट्रका रूपमा क्रोएसियाले स्वीकृति पाएपछि यसबारे जानकारी दिन डेलिगेसन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा स्पाचिजले भने, ‘द्विपक्षीय सहयोगबाहेक संघका तर्फबाट नेपालले यो वर्ष ५ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग पाएको छ, यो आगामी वर्ष पनि निरन्तर रहनेछ ।’
उनले नेपाल सरकारको शिक्षा, शान्ति प्रक्रिया, आर्थिक र व्यापारिक प्रवद्र्धनमा संघले सहयोग गरिरहेको बताए । उनले मानव अधिकार प्रवर्धन र द्वन्द्वोत्तर समाज रूपान्तरणमा आवश्यक पर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउन संघ तत्पर रहेकोसमेत बताए । संघीय संरचनाबारे राखिएको जिज्ञासामा राजदूत स्पाचिजले भने, ‘स्थानीय तहलाई जतिसक्दो सशक्त बनाउनु जरुरी हुन्छ, काठमाडौंबाहिर शक्ति विकेन्द्रीकरण हुन सक्नुपर्छ ।’
![]()





