Nepali Film

चेल्सीका मालिक रोमन ५० लाख पाउन्ड को भोज को तयारिमा

क्यारेवियन आकाश मध्यरातमा बारुद र पटाकाले झल्झलाकार हुँदै नयाँ वर्षलाई स्वागत गरिरहदा त्यहाँको एक सुविधासम्पन्न रिसोर्टमा रुसी अरवपति तेल व्यापारी रोमन एब्रामोभिचको भव्य रात्रीभोज चलिरहेको हुनेछ। 

इङलिस प्रिमियर लिगको महारथी चेल्सीका मालिक रोमन एब्रामोभिच नयाँ वर्षको पुर्वसन्ध्यामा ५० लाख पाउन्ड भन्दा बढी खर्च गरेर रात्री भोज आयोजनाको योजनामा छन्।

४५ वर्षीय एब्रामोभिच आफ्ना ३० वर्षे प्रेमिका दाशा जुकोभाको साथ सेन्ट बार्ट टापुमा नयाँ वर्षलाई निम्त्याइरहदा उनको टोली चेल्सी भने एस्टन भिल्लाविरुद्धको खेलको तयारीमा जुटिरहेको हुनेछ। जनवरी १ मा टोलीले प्रिमियर लिगअन्तर्गतको खेलका लागि एस्टन भिल्लालाई स्टामफोर्ड ब्रिजमा निम्त्याउँदैछ।

एब्रामोभिचको रात्रीभोजमा करिव ३ सय पाहुना हुने अपेक्षा गरिएको छ, तथापि फुटबल सिजन व्यस्तताका साथ अघि बढिरहेकाले चेल्सीको टोलीबाट भने उनको भोजमा प्रतिनिधित्व नहुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस  हलिउड अभिनेता मेल गिब्सन

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News