
उनी आफ्नो टोलीमा रहेका अन्य कलाकार सुमन सिहँ धुर्मुस सुन्तली गायक बद्री पंगेनी जुनु रिजाल तथा केही अन्य गायक गायिकाभन्दा पर एउटा कुनामा स्वरुराज आचार्यसंग गफमा मस्त थिईन । कतार प्रस्थानका लागि उनको टिममा रहेका अन्य कलाकारहरुले सुष्मालाई धेरै खोजेका थिए तर सुष्माले स्वरुपराजको साथ छाड्न नमान्दा टीममा रहेका अन्य कलाकार अचम्मीत भएका थिए । स्वरुपपनि सुष्मासंग विभिन्न स्टाईलमा गफ गर्न मस्त थिए । बेलुकी १० बजेको फ्लाईटबाट कतार जाने तयारीमा धुर्मुसको टिमले सुष्मा र स्वरुपलाई खोज्न करिब दश मिनेट लगाएका थियो । अन्तत केहीबेरको खोजी पश्चात एक कुना मामा स्वरुप र सुष्मागफिदै गरेको भेटिएपछी उक्त टिम कतार प्रस्थान गरेको थियो ।
यस्तै बुधबार सोही समयमा संगीतकार सुरेश अधिकारी पनि चाईनाको ग्वान्जाऊ गएका छन् । ग्वान्जाऊमा आयोजना हुने सास्कृतिक कार्यक्रममा सहभागी भई अधिकारी जनवरी ९ तारिखका दिन स्वदेश फर्कनछन् । उनलाई अभिनेता दिनेश डिसीले एयरपोर्ट सम्म छाडिदिएका थिए । मायाज बारको निर्देशनको प्रि प्रोडक्सनलाई तीब्रता दिएका डिसीले आफ्नो टेलिभिजन रियालीटी शो खोजी प्रतिभाको तीन जज विदेश गएपछी तनाव भएको बताए । उनले भने 'कन्स्रटका लागि सुरेश जी आज चाईना जानु भो रुपा उपाध्याय अमेरिका फर्किसक्नु भयो र राजेपायल राई ब्रुनाई जादै हुनुहुन्छ । त्यसैल नयाँ फिल्मको काम र टेलिभिजनको कामले एक मिनेट फुस्रद नहुने भो मलाई ।'
फिल्मिखबर
फिल्मिखबर