निर्देशक सुदर्शन थापासंग ब्रेकअप पश्चात विन्दास देखिएकी अभिनेत्री सुष्मा कार्कीले हालसम्म कुनैपनि ब्याय फ्रेण्ड नरहेको बताउदै आएकी छिन् । आफ्ना नातेदार भाईहरु लिएर विभिन्न कार्यक्रममा पुग्दा उनका बडिगार्डहरुका चर्चा पनि नभएको हैन । आईटम हिरोइन सुष्मा आजकाल सिनेमामा जति विकाउ बनेकी छिन त्यतीकै कन्सर्टहरुमा पनि आयोजकहरुको रोजाईमा पर्न थालेकी छिन् । जस अनुरुप न्यूइयर २०१२को उपलक्ष्यमा आयोजना हुने सास्कृतिक कार्यक्रममा सहभागी हुन उनी बुधबार विभिन्न कलाकारहरुको साथमा कतार उडिन । एक साताका लागि कतारको कार्यक्रममा ब्यस्त रहने उनी मामा पर्ने प्रोड्यूसर प्रभुशम्शेर जवरा माईजु, मम्मी र हजुरआमाका साथमा एयरपोर्ट पुगेकी थिईन ।उनी आफ्नो टोलीमा रहेका अन्य कलाकार सुमन सिहँ धुर्मुस सुन्तली गायक बद्री पंगेनी जुनु रिजाल तथा केही अन्य गायक गायिकाभन्दा पर एउटा कुनामा स्वरुराज आचार्यसंग गफमा मस्त थिईन । कतार प्रस्थानका लागि उनको टिममा रहेका अन्य कलाकारहरुले सुष्मालाई धेरै खोजेका थिए तर सुष्माले स्वरुपराजको साथ छाड्न नमान्दा टीममा रहेका अन्य कलाकार अचम्मीत भएका थिए । स्वरुपपनि सुष्मासंग विभिन्न स्टाईलमा गफ गर्न मस्त थिए । बेलुकी १० बजेको फ्लाईटबाट कतार जाने तयारीमा धुर्मुसको टिमले सुष्मा र स्वरुपलाई खोज्न करिब दश मिनेट लगाएका थियो । अन्तत केहीबेरको खोजी पश्चात एक कुना मामा स्वरुप र सुष्मागफिदै गरेको भेटिएपछी उक्त टिम कतार प्रस्थान गरेको थियो ।
यस्तै बुधबार सोही समयमा संगीतकार सुरेश अधिकारी पनि चाईनाको ग्वान्जाऊ गएका छन् । ग्वान्जाऊमा आयोजना हुने सास्कृतिक कार्यक्रममा सहभागी भई अधिकारी जनवरी ९ तारिखका दिन स्वदेश फर्कनछन् । उनलाई अभिनेता दिनेश डिसीले एयरपोर्ट सम्म छाडिदिएका थिए । मायाज बारको निर्देशनको प्रि प्रोडक्सनलाई तीब्रता दिएका डिसीले आफ्नो टेलिभिजन रियालीटी शो खोजी प्रतिभाको तीन जज विदेश गएपछी तनाव भएको बताए । उनले भने 'कन्स्रटका लागि सुरेश जी आज चाईना जानु भो रुपा उपाध्याय अमेरिका फर्किसक्नु भयो र राजेपायल राई ब्रुनाई जादै हुनुहुन्छ । त्यसैल नयाँ फिल्मको काम र टेलिभिजनको कामले एक मिनेट फुस्रद नहुने भो मलाई ।'
फिल्मिखबर
फिल्मिखबर
![]()





