भैँसीले एकैबेतमा दुईवटा पाडापाडी पाउनु दुर्लभ नै हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का मुख्य वैज्ञानिक तथा गाईभैँसी अनुसन्धान कार्यक्रमका प्रमुख डा. चेतराज उप्रेतीले आफ्नो ३० वर्षे करियरमा एउटै भैँसीले दुईवटा पाडापाडी पाएको थाहा पाउनुभएको छैन । तर पर्वतको पाङराङ ६ कर्नासमा भने भैसीले एकै बेतमा दुईवटा पाडा जन्माएको छ । स्थानीय राजु कुँवरको भैसीले एकै बेतमा दुई पाडा पाएको स्थानीय विश्वनाथ उप्रेतीले जानकारी दिनुभयो ।
भैँसीले आईतबार रातको समयमा दुई पाडा जन्माएको र दुबै पाडा स्वथ्य रहेको उप्रेतीले जानकारी दिनुभयो । भैसीले पहिलोपटक २ वटा पाडा जन्माएपछि राजु कुँवरको घरमा भैँसी र पाडा हेर्न आउनेको भिड लागेको छ ।
‘गाईँ, बाख्रा र भेडामा त यस्तो भएको सुनेको हो तर भैँसीले एकै बेतमा दुईवटा पाएको यो ३० वर्षमा मलाई थाहा छैन’, उज्यालोसँग कुरा गर्दै गाईभैँसी अनुसन्धान कार्यक्रमका प्रमुख डा. चेतराज उप्रेतीले भन्नुभयो, ‘यस्तो हजारौँमा एक हुन सक्छ झन् भैँसीमा त सितिमिति हुँदै हुँदैन ।’
कसरी हुन्छ यस्तो ?
पशु विशेषज्ञ डा. भोजबहादुर क्षेत्री पाडा वा पाडी के जन्मन्छ भन्ने कुरा भाले क्रोमोजोमले निर्धारण गर्ने बताउनुहुन्छ । उहाँका अनुसार गर्भाधारण प्रकृयामा २३ जोडा अर्थात ४६ वटा क्रोमोजोम हुन्छन् । भालेमा पाइने क्रोमोजोमलाई एक्सवाईले जनाइन्छ भने पाथीमा हुने क्रोमोजोमलाई एक्सएक्स भनिन्छ । जब पोथीको दुईवटा ओभा मध्ये एउटा ओभामा लाखौँको संख्यामा जाने विर्यको मिलन हुन्छ र उपयुक्त बातावरण मिल्छ तव दुईवटा बच्चा पाउने सम्भावना हुन्छ ।
तर यस्तो अवस्था आउने सम्भावना निकै कम हुने क्षेत्रीको भनाई छ ।
विज्ञहरुका अनुसार कोषिकाको विभाजन सुरुकै अवस्थामा विभाजित भयो भने अथवा भ्रुणमै कोषिका विभाजन भया मात्र यस्तो अवस्था आउँछ ।