Nepali Film

Album Passion Released|सरिष्मा अमात्यको नयाँ एल्बम "प्यासन"विमोचन


Sarishma Amatya's "passion" Released


गायिका सरिष्मा अमात्यको नयाँ एल्बम "प्यासन" को  बुधवार साँझ काठमाडौंमा विमोचन गरियो । दरबारमार्ग स्थित ५० सेन्ट ग्रिल एण्ड बारमा आयोजित सांगीतिक समारोहमा यो संग्रह विमोचन भएको हो । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, नायक भुवन केसी, कृष्ण मल्ल, संगीतकार न्यूह बज्राचार्य, बुद्ध सायमी, गायक ओम बिक्रम बिस्ट  आदि व्यक्तित्वले संयुक्त रुपमा विमोचन गरेका हुन् । उपस्थित अतिथिहरुले सरिश्मा को प्रशंशा गर्नुको साथै उनको उतरोतर प्रगतिको कामना गरे।उक्त समारोहमा थुप्रै कलाकारहरुले आफ्नो उपस्थिति जनाएका थिए । उक्त अल्बमको बजार ब्यबस्थापन राइज म्युजिकले गरेको छ । 

करिव ५ वर्ष अमेरिकामा बसेर केही समयअघि स्वदेश फर्किएकी गायिका सरिष्मा अमात्यले "सरिष्मा" शीर्षकको एल्बमबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । सरिष्मालाई उनको दोस्रो एल्बम "मधुरिमा" ले पनि दर्शकमाझ लोकप्रिय  बनाएको थियो। आज सार्वजनिक भएको  "प्यासन" सरिष्माको चौथो  एकल गीति संग्रह हो । उनले "बेस्ट अफ सरिष्मा"’ तथा अन्य कलेक्सन एल्बम बाहेक चार पाँचवटा चलचित्रका तथा नेवारीसहित झन्डै दुई सयजति गीतमा आफ्नो स्वरमाधुर्य पस्किइसकेकी छिन्।

रोमान्टिक फास्ट ट्रयाक, लोक-आधुनिक, पप तथा फिल्मी फ्लेबरका गीतहरु समाबेश गरिएको उनको यो एल्बममा अनिल शाहीद्वारा संगीतबद्ध "मागेर माया पाइँदैन…" गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ । यो भिडियोको निर्देशन प्रणव जोशीले गरेका छन् । आज साँझको विमोचन समारोहमा यो भिडियोको प्रथम प्रदर्शन गरिएको थियो भने उक्त एल्बम को फोटोग्राफी तथा डिजाइन ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठ ले गरेका हुन् । "प्यासन" का गीतमा धु्वरत्न तुलाधर, आचार्य प्रभा, सञ्जिप प्रधान, दीपक वज्राचार्य, धनेन्द्र विमल, जनकदीप तथा बुद्ध सायमीले गीत रचना गरेका छन् भने सञ्जिप प्रधान, दीपक वज्राचार्य, बुद्ध सायमी, अनिल शाही तथा सचिन सिंहले संगीत दिएका छन् ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News