नेपाली चलचित्र क्षेत्रमा आफ्नो नाम आफैँले न्वारन गर्नेहरूको कमी छैन । कसैले न्वारनमा राखिएको आफ्नो नाम परम्परागत ठानी 'मोर्डन' बन्ने धुनमा परिवर्तन गरेका छन् त कोही कलाकारले भने आफ्नो रियल नाम नफापेको भन्दै आफैँले न्वारन गरेका छन् ।
केहीको भने अरूले नै नाम परिवर्तन गरिदिएका छन्।
कसैले नाम मात्र होइन थरसमेत फेरेको पाइएको छ । महिलाको त बिहेपछि थर फेरिन्छ, तर पुरुषले समेत आफ्नो थर फेरेको पाइएको छ । नाम फेरेका धेरैजसो कलाकारलाई नक्कली नाम फापेको छ । तर, केहीको करिअरमा भने नयाँ नामले पनि केही लछारपाटो लगाउन सकेको छैन ।
धनगढीका भोजराज भट्टलाई चिन्ने कमै छन् ।
तर, उनै भोजराजलाई विराज भट्टको नामले भने फिल्मप्रेमी सबैले चिन्छन् । हिरो बन्न लामो समय संघर्ष गरेका भोजराजले आफ्नो नाम अलि छोट्याएर विराज बनाए । विराज भएपछि उनको जिन्दगीले नयाँ मोड लियो । विराजको नाममा पहिलोपटक अग्निपथ फिल्ममा हिरो भई अभिनय गर्ने मौका पाएपछि उनी एकाएक स्टार बने । उनले आफ्नो असली नाम भोजराज परम्परागत र लामो भएकाले छोट्याएर विराज बनाएको बताउने गर्छन् । धनगढीमा विराजका आफन्तहरू उनलाई अहिले पनि भोजराज भनेर सम्बोधन गर्ने गर्छन् ।
अर्का सफल अभिनेता निखिल उप्रेतीको असली नाम दिनेश उप्रेती हो ।
उनले नेपाली फिल्ममा आउनुअघि झन्डै एक दशक मुम्बईमा दिनेशकै नामले संघर्ष गरेका थिए । मुम्बईमा उनलाई अहिले पनि दिनेशकै नामले बुझ्ने गरिएको छ । दिनेशलाई अभिनेता तथा निर्माता पवन मैनालीले निखिल बनाएका हुन् । पवन र निखिलको गाउँ -सर्लाही) एउटै हो । पवनले आफ्नो फिल्म पिँजडामा निखिललाई ब्रेक दिने भनेर काठमाडौं बोलाएपछि उनको नाम निखिल जुराइदिएका हुन् । निखिलको नाममा पिँजडा फिल्मबाट डेब्यु गरेका उनलाई यो नाम निकै फाप्यो । दिनेशको नाममा मुम्बईमा कुनै उल्लेखनीय सफलता हासिल गर्न नसकेका उनले निखिलको नाममा एकताका नेपाली चलचित्र क्षेत्रमा हलचल मच्चाएका थिए । दोस्रो बिहेपछि उनी सेलाएका छन्
।
असली नामलाई ढाकी नक्कली नामबाट चम्किएका अर्का अभिनेता हुन्, आर्यन सिग्देल ।
उनको असली नाम हरिकृष्ण सिग्देल हो । सडक नाटक, म्युजिक भिडियो तथा भिडियो फिल्महरूमा अभिनय गर्दै आएका आर्यनको फिल्मलाइनमा सुरुवात ताकाको नाम हरिश थियो । पछि उनले एउटा टेलिसिरियलमा आर्यन नामक पात्रको भूमिकामा अभिनय गरे । त्यतिवेलासम्म पनि उनले आफूलाई हरिशनै भन्ने गर्दथे । तर, उनले जतिवेला रेखा फिल्मस्को किस्मतबाट ठूलो पर्दाको फिल्ममा मौका पाए, तब उनको हरिश नाम पनि परिवर्तन भयो । र, अभिनेत्री रेखा थापाको सल्लाहमा उनको नाम रह्यो-आर्यन । आर्यनपछि भने उनले नाम परिवर्तन गरेका छैनन् । अभिनीत फिल्मले निमर्ातालाई फाइदा दिलाउन नसके पनि हरिकृष्णलाई आर्यन नाम फापेकै मान्नुपर्छ । उनका फिल्म हिट नभए पनि नाम भने हिट छ ।
अचेल धेरैजसो चरित्र भूमिका देखापर्ने दिनेश शर्माले टुुहुरो फिल्ममा आफ्नो नाम परिवर्तन गरेर आशिष बनाएका थिए
। प्रताप सुब्बा निर्देशित चट्याङ फिल्ममा दिनेशकै नाममा सहनायक भई अभिनय गरेका उनलाई आशिष नाम फापेन । फलस्वरूप उनी आफ्नो पुरानै नाममा फर्किए ।
एक्सन हिरोका रूपमा चिनिने शिव श्रेष्ठको पूरा नाम शिवसुन्दर श्रेष्ठ हो ।
वेला-वेलामा नाम मात्रै परिवर्तन होइन, हुँदाहुँदै थर पनि त्यागेर स्त्री बनेकी अभिनेत्री हुन्, पूजना प्रधान । उनको खास नाम के हो ? त्यही मै कन्फ्युजन छ । पहिला उनी पूजा प्रधान थिइन् । हिरो फिल्मबाट हिरोइन बनेकी उनले कालन्तरमा आफ्नो नाम पूजना प्रधान बनाइन् । हुँदाहुँदा उनले प्रधान त्यागेर आफूलाई पूजना स्त्रीका रूपमा परिचित गराउने कोसिसमा लागेकी छिन् । पूजा होस् या पूजना प्रधान या त पूजना स्त्री नै, वेलावेलामा नाम फेरे पनि उनको करिअरले भने उचाइ लिन सकेको देखिँदैन ।
पूजनाजस्तै नाम फेरे पनि रूपमा स्थापित हुन नसकेकी अर्की अभिनेत्री हुन्, उषा पौडेल ।
उषाको वास्तविक नाम रुक्मिणीकुमारी पौडेल हो । डान्सबारमा नाच्दाताकै उनको नाम कुनै एक शुभचिन्तकले रुक्मिणीबाट उषा राखिदिएका थिए । दयाराम दाहाल निर्देशित कर्म फिल्मबाट हिरोइन बनेकी उषाले मुनामदनजस्तो कृतिमा फिल्म खेले पनि स्थापित हुन सकिनन् । केही समय यता उनी बलिउडको सपना बुनेर मुम्बईमा छिन्
।
नेपाली फिल्म क्षेत्रमा निर्देशक दीपक श्रेष्ठलाई हिरोइनको नयाँ नाम न्वारन गरिदिने 'पण्डित बाजे' र नायिका रेखा थापालाई हिरोको नयाँ नाम जुुराइ दिने 'पण्डित्नी बज्यै' का रूपमा समेत चिन्ने गरिन्छ।
निर्देशक दीपकले यमुना उप्रेतीलाई युना र जानकी केसीलाई जिया केसी बनाएका छन् । यति मात्र कहाँ हो र ? यी निर्देशकले आफू निर्देशित मजबुर फिल्मबाट डेब्यु गरेकी अनु ढकाललाई अनुष्का ढकालका रूपमा अघि सारेका छन् । त्यस्तै यिनै निर्देशकले अहिले आएर अर्की एउटी युवतीको नाम फेरिदिएका छन् । उनले निर्देशन गरिरहेको डिजिटल फिल्म वाचामा शारदा पोखरेल नामक युवतीले अभिनय गरेकी छिन् । ती शारदा अब सिम्रन पोखरेलका रूपमा चिनिने कोसिसमा छिन् । यो सबै करामत यिनै निर्देशकको हो ।
अहिले चल्तीमा रहेका नायक आयुष रिजालको खास नाम गोपाल हो ।
उनलाई गोपालबाट आयुष बनाउने काम रेखा थापाले गरेकी हुन् । रेखाले हिरोहरूको मात्र नभइ आ-आफ्ना आफन्तीका बच्चाबच्चीको नामसमेत राखिदिने गर्छिन् । रेखाको खास नाम रेखा नै हो । मेष राशिकी रेखाको न्वारनमा पण्डितले राखेको नाम भने लीला हो । बिहेपछि फिल्म अभिनयबाट टाढिएकी अभिनेत्री मेलिना मानन्धरको खास नाम सुनीता हो भने अर्की अभिनेत्री सिर्जना बस्नेतको असली नाम पनि सुनीता हो । दुवै अभिनेत्रीले हिरोइन बन्ने भएपछि नाम परिवर्तन गरेका थिए।
नाम फेरेर 'युनिक' बन्नेहरूको सूची लामो छ
। हाल नेपाली चलचित्र उद्योगबाट गुमनाम अवस्थामा रहेका अभिनेता रमित ढुंगानाको खास नाम राधेश्याम ढुंगाना हो । आफ्नो होम प्रोडक्सनमा बनेको माया नमार फिल्मबाट डेब्यु गरेका रमितझैँ उनका दाइ अभिनेता तथा निर्माता अमित ढुंगानाको असली नाम भने आत्माराम ढुंगाना हो । राधेश्यामलाई रमित बनाए पनि उनी अभिनीत अधिकांश फिल्म फ्लप भए । जसकारण उनी अचेल नेपाली फिल्मबाट पलायन भएका छन् ।
निर्माता तथा अभिनेता नवल खड्काको खास नाम नवराज खड्का हो
। उनी नवल नाम 'लक्की' भएको दाबी गर्छन् । त्यस्तै निर्देशक नवल नेपालको खास नाम भद्रकाली नेपाल हो भने अर्का निर्देशक योगेश घिमिरेको नाम टीकाराम हो । त्यस्तै, प्रदर्शनको क्रममा रहेको मायाको बारीमा फिल्मका नायक यशराज गरचको खास नाम सुरज हो ।
सुरज होउन्जेल हिरो बन्न नसकेको उनी यशराज भएपछि भने एकपछि अर्काे गरी फिल्ममा व्यस्त भएका छन् ।
नाममात्र नभइ थर पनि परिवर्तन गर्नेहरू पनि थुप्रैछन् फिल्म लाइनमा।
चितवनकी विष्णुमाया परियारले काठमाडौं आएपछि आफूलाई प्रेरणा शर्माका नामले परिचित मात्र गराइनन्, केही फिल्ममा समेत अभिनय गरिन् । त्यस्तै सुरेश परियारले आफूलाई गायक यशकुमारका रूपमा स्थापित गराए । गायक हुँदै नायक अनि निर्मातासमेत बनेका यशकुमार आफूलाई यो नाम फापेको बताउँछन् । त्यस्तै, नामसहित थर पनि परिवर्तन गर्ने निर्माता तथा अभिनेता हुन, रोज राणा । फिल्म लाइनमा रोज राणाका नामले चिनिने गरे पनि उनको खास नाम थर भने सरोज थापा हो ।
नेपाली चलचित्र उद्योगमा कमला पन्त नामलाई कसैले चिन्दैन
। तर, गरिमा पन्तलाई भने अधिकांशले चिन्छन् । अभिनेत्री गरिमाको असली नाम कमला हो भने नन्दिता केसीका रूपमा परिचित अभिनेत्रीको सक्कली नाम शोभा केसी हो । अर्घाखाँचीकी शोभाले हिरोइन बन्न काठमाडौं आएपछि आफ्नो नाम नन्दिता बनाएकी हुन् । उनलाई गाउँमा नन्दिताका नामले कमैले चिन्छन् । कृषा चौलागाईंको नामले चिनिने निर्मात्रीको असली नाम संगिता हो । उनले आफूलाई अत्याधुनिक बनाउन कृषा नाम राखेको बताउने गर्छिन्
।
चाहन्छु म तिमीलाईका हिरो सुरेश मरहठ्ठाले आफ्नो नाम नफापेको ठानी 'सु' हटाए
। केही समय यता उनले आफूलाई 'रेश' मात्र भन्न मन पराउँछन् । 'सु' काटेर रेश मात्र बाँकी राखे पनि उनको करिअर अपेक्षित रूपमा अहिलेसम्म अघि बढ्न सकेको छैन । च्यालेन्ज फिल्मबाट निर्मातासमेत बनेका उनको यो छोट्टएिको नाम कत्तिको फाप्ला ? त्यो भने च्यालेन्ज रिलिजपछि नै थाह हुनेछ ।
सुरेशले 'सु' काटे पनि मीनाले भने 'सु' जोडेकी छिन् ।
अर्थात् अचेल चल्तीमा रहेकी नायिका सुमिना घिमिरेको खास नाम मीना घिमिरे हो । मीना नाम पुरानो लाग्ने भएकाले उनले नामको अगाडि 'सु' जोडेकी हुन् । मीना होउन्जेल उनको हातमा फिल्म परेका थिएनन् । तर, जब उनले आफूलाई सुमिना भनेर परिचय गर्न थालिन्, तब उनका दिन खुले । डेढ वर्षकै अवधिमा उनले दर्जन फिल्ममा अभिनय गरेकी छिन् । यसर्थमा मीनालाई 'सु' फापेको छ ।
निर्देशक देशभक्त खनालको असली नाम गणेशप्रसाद खनाल हो ।
उनले आफूलाई देशको निकै माया लाग्ने भएकाले देशभक्त नाम राखेको बताउँछन् । त्यसैगरी, सबिन बास्तोला नामले परिचित टेलिफिल्म निर्देशकको असली नाम गिरिधारि बास्तोला हो । हाल अमेरिका रहेका अभिनेता विक्रान्त बस्नेतको नाम कुमार हो । उनले आफ्नो असली नाम नफापेको ठानी विक्रान्त राखेका थिए । विक्रान्तले उनलाई केही मात्रामा भए पनि फाइदै पुर्याएको छ । कमेडी गायक तथा अभिनेता प्रकाश ओझासँगको यौन प्रकरणका कारण ज्योति खड्काले आफ्नो नामै परिवर्तन गरिन् । उनले जेसिका नामले आफ्नो नयाँ जिन्दगी सुरु त गरिन्, तर करिअरमा चमत्कारी परिवर्तन भने आएन । ज्योतिले जेसिका नामले जंगल क्विन र अचानक नामक फिल्ममा अभिनय गरिन् । ती फिल्मले कुनै कमाल देखाउन सकेनन् । यौनजन्य भिडियो सार्वजनीकसँगै बिहे बन्धनमा बाँधिएकी गायिका तथा अभिनेत्री पूजा लामाले नाम मात्र होइन धर्म नै परिवर्तन गरेकी छिन् । पूजाले बौद्ध धर्म त्यागी मुस्लिम धर्म अँगालेकी छिन् । नामका साथै धर्म परिवर्तनसँगै उनी फिल्म अभिनय तथा गायनबाट टाढिएकी छिन् ।
स्त्रि
mप्टराइटर तथा निर्माताका रूपमा परिचित मौनता श्रेष्ठको खास नाम जितेन्द्र श्रेष्ठ हो । अरूभन्दा फरक हुने रहरले आफैँले मौनता नाम न्वारन गरेका उनले ज्योतिषको सल्लाहमा नामको पछाडि 'राज' थपे । पछिल्लो समयमा उनी मौनता श्रेष्ठ राजको नाममा स्त्रिmप्ट लेख्छन् । थपिएको नामले उनलाई उल्लेख्य फाइदा भने दिन सकेको छैन । त्यसकारण उनी अब 'राज' हटाउने सोचमा पुगेका छन् ।
नाम परिर्वतन गरेका धेरैजसो कलाकर्मीलाई फलिफाप नै भएको देखिएको छ भने कतिपयलाई भने आफैँले न्वारन गरेको नयाँ नामले पनि कुनै फाइदा पुर्याउन सकेको छैन। फाट्टफुट्ट अभिनय गर्ने रूपा खनालले आफ्नो नाम विशाखा राखिन् । तान्त्रिकको सल्लाहमा नाम फेरे पनि उनको करिअरले उचाइ लिन भने सकेको छैन । रूपाको नामले उनले केही फिल्ममा स-साना रोल पाएकी थिइन् । विशाखा भएपछि पनि उनलाई एकल हिरोइनको अफर आएको छैन
![]()





