केही न केही बहानामा प्राय चर्चामा आइरहने नायिका रेखा थापा यस पटक भने पत्रकारहरुलाई हप्काएर फेरि चर्चामा आएकी छिन् । नेपाली चलचित्र 'साथी म तिम्रो'को अडियो विमोचनको कार्यक्रममा नायक भुवन केसीलाई सम्बोधन गर्ने क्रममा 'शताब्दीऔंका महानायक' भनेर बोलाउँदा उपस्थित केही सञ्चारकर्मी हाँसेपछि रेखाले सञ्चारकर्मीलाई रोष्टमबाटै हप्काएकी छिन् । उनले पत्रकारहरुको हाँसोप्रति रुष्ट हुँदै आफूलाई डिस्टर्ब नगर्न र कुरा मननपरे बाहिर जान चुनौती समेत दिएकी थिइन् । पत्रकारहरुले शताब्दीऔं होइन दशकौं भन्नुपर्ने सुझाएपछि सच्याएर बोल्नुको सट्टा रेखाले बाहिर जानु भनेका कारण त्यहाँ उपस्थित पत्रकारहरु रुष्ट भएका थिए
![]()






