Nepali Film

Saathi Ma Timro By Bhuwan KC|“साथी म तिम्रो” चलचित्रको बारेमा को के भन्छन् ?

“साथी म तिम्रो” चलचित्रको बारेमा को के भन्छन् ?


नायक भुवन के सी - “साथी म तिम्रो” सबै जेनेरेशनलाई मनपर्ने बिषयमा तयार पारिएको चलचित्र हो। सबै उमेरको  दर्शकलाई समेटिएको यसमा फुल इटरटेन्टमेन्ट,इमोशन,एक्सन,कमेडी सबै कुरा दर्शकहरुले पाउनेछन्” । अन्य चलचित्र भन्दा यसमा नया प्रविधिहरु अपनाइएको छ , टेकिंग स्टाइलहरु डीफ्रेंट छ्र "सपना," "करोडपति" ,"नेपालीबाबु" ,"सुपरस्टार" ,"म तिमि बिना मरीहाल्छु नी" देखि यहासम्म आइपुग्दा “साथी म तिम्रो” हरेक एगल बाट राम्रो स्तरीय  बनेको छ भन्ने मलाई लागेको छ ,यसको कथाबस्तु एव बिषयबस्तु नै यस चलचित्रको महत्वपुर्ण भाग हो। यस चलचित्रमा अनमोललाई मैले गेस्ट रोलबाट ठुलो पर्दामा इन्टरडयुस गराउदैछु ,यसपछि मैले बनाउने फिल्ममा अनमोललाई  एकल नायकको  रुपमा प्रस्तुत गर्नेछु ,जसमा मैले नै डाईरेक्सन गर्नेछु” । “साथी म तिम्रो” राम्रो चलचित्र बनेको छ ,राम्रो चलचित्र बन्यो भने नेपाली चलचित्र नै हेर्छु भन्ने दर्शकहरुको भनाइ हो। “साथी म तिम्रो” राम्रो चलचित्र बनेको छ ,दर्शकहरुले नया स्वाद पाउनेछन्” तपाईं दर्शकहरुले हेर्नेपर्ने चलचित्र बनेको छ “साथी म तिम्रो”।
नायिका रेखा थापा -  “म गर्वका साथ भन्न रुचाउछु मेरो ममी चाहिँ भुवन दाइको फ्यान ,मैले कल्पना पनि गरेको की भुवन के सी  संग फिल्म खेल्न  पाउँछु भनेर , वहाँ सिनीयर भएपनि पर्दामा आएपछि त्यस्तो लागेन हाम्रो जोडी अड देखिएन साथै वहाँलाई एकदमै सहयोगी र मेहनती पाए । “साथी म तिम्रो” मा मैले एउटा नायिकाको चरित्र निभाएकी छु ,सम्पूर्ण नेपाली नायिकाहरुको प्रतिनिधित्व गरेको छु। मलाई सय प्रतिशत बिस्वाश छ ,समसामयिक कथाबस्तुमा बनेको यस चलचित्रले सबै बर्गलाई समेटेको छ, यो सबैलाई मनपर्ने चलचित्र बनेको छ ,सम्पूर्ण दर्शकहरुलाई आग्रह गर्न चाहन्छु ,साथी म तिम्रो तपाईं हाम्रो आफ्नै चलचित्र हो ,एकचोटी सबैले हेरिदिनु होला ।

अनमोल के सी - “मेरो डेडीले यस चलचित्रको बारेमा अहिले केही कुरा नभन्नु भन्नु भएको छ किनकी" इट्स सरप्राइज । मैले यसमा एउटा रक स्टारको  स्ट्रोंग गेस्ट रोल गरेको छु ,म पर्दामा १० मिनट जति देखिन्छु होला तर सबैले मलाई मनपराउने छन् ,म त्यहिँ आशा गर्छु ,साथी म तिम्रो को राम्रो पक्ष भन्नु पर्दा काल्पनिक छैन यसमा एथार्थ जीवन चित्रित गरिएको छ ,यसमा नायक नायिकाको लबस्टोरी भन्दा पनि बाबु र छोराको लबस्टोरीलाई फोकस गरिएको छ। मैले यो मुभी १६ औ पटक हेरिसके ।जति हेर्यो त्यति आँखामा आँसु आउछ , म सम्पूर्ण दर्शकहरुलाई के भन्न चाहन्छु भने "साथी म तिम्रो" फेमिली ड्रामा हो ,तपाईं आफ्नो सम्पूर्ण परिवारसँग एकपटक हल मा गएर हेरिदिनुस ।"

काजोल फिल्म्सको पाँचौ प्रस्तुती  भुवन के सीको  “साथी म तिम्रो” पत्रकारहरु माझ अडियो सी डी हिजो बिमोचन गरियो। “साथी म तिम्रो” मुख्य भूमिकामा देखिएका बाल कलाकार शिर्षक सापकोटा मुख्य अतिथि रहेको उक्त कार्यक्रममा नवकलाकार अनमोल के सी र शिर्षक सापकोटा, चर्चित नायक  भुवन के सी, बरिस्ठ चलचित्र पत्रकार विजय रत्न तुलाधर र नायिका रेखा थापाले संयुक्त रुपमा बिमोचन गरेका थिए ।  शिब रेग्मीको निर्देशन, शम्भुजित बास्कोटाको संगीत रहने “साथी म तिम्रो”मार्फत नायक भुवन के सी को सुपुत्र अनमोल के सी डेब्यु गर्दैछन्। फाल्गुन १९ गते देखि प्रर्दशन हुने यस चलचित्रको मुख्य कलाकारहरुमा शिर्षक सापकोटा भुवन के सी,रिचा घिमिरे,रेखा थापा आदि रहेका छन् भने मुख्य अतिथिको भूमिकामा नवनायक अनमोल के सी पहिलो पल्ट देखा पर्दैछन्। बाबु र छोराको भावनत्मक संबन्धमा आधारित  चलचित्र “साथी म तिम्रो”प्रति आशाबादी बनेका छन् नायक भुवन के सी। दर्शक कति साथी बन्ने हुन् ,यो चलचित्र हेरेर मात्र भन्न सकिन्छ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News