पेरु को राजधानी लीमाको सडकमा सयौँ मानिसले नग्न साइकल जुलुस निकालेका छन् । सडक सुरक्षाप्रति प्रशासन र आम नागरिकको ध्यान आकृष्ट गर्न भन्दै साइकल यात्रीहरुले नांगो जुलस निकालेका हुन् ।लापरवाही ढंगले गाडि चलाउने चालकहरुका कारण वर्षेनी कैयौँ मानिसको ज्यान गएको भन्दै साइकलयात्रीहरुले त्यस्तो लापरवाही रोक्नुपर्ने बताएका छन् ।नग्न साइकलयात्रीहरुले आफ्नो सरीरमा सडक सुरक्षाका विषयमा विभिन्न नारा समेत लेखेका थिए ।झण्डै ५ सय साइकलयात्री सहभागि उक्त जुलुसमा उनीहरुले साइकलयात्रीको लागि छुट्टै लेनको समेत माग गर्न चुकेनन् ।
![]()





