परदेशमा विभिन्न घट्ना दुर्घट्नामा नेपालीको ज्यान जाने गरेपनि पछिल्लो पटक यहाँ भिन्नै कारणले नेपालीको मृत्यु भएको छ । उनीले दु:ख पाएर होइन बढी आनन्द उपभोग गर्न खोज्दा मृत्युवरण गरेका हुन् ।
खबरअनुसार जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नी भियतनामी प्रेमिकासित मस्ती गर्दागर्दै एक नेपाली युवाले ज्यान गुमाएका छन् । उमेरले आफुभन्दा करिब १५ बर्षले कान्छी २४ बर्षिय भियतनामी प्रेमिका लिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुर मगर नाम गरेका नेपाली युवाको सोही दिन राति करिब ११ बजे मृत्यु भएको हो । घटना करिब ३ साताअघिको भएपनि नेपाली समूदायबीच यो खबर एकसाताअघि मात्रै जानकारीमा आएको हो ।
स्थानीय दैनिक पत्रिका ‘हरियान मेट्रो’मा यही अगष्ट पहिलो अंकमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक सम्भोग गर्दागर्दै उनको मृत्यु भएको हो । दिँउसो करिब ३.३० बजे होटल प्रवेश गरेका हरिको जोडी चरम आनन्द लिनखोज्दा आफ्नै ज्यानै गुम्नेगरी राती ११ बजेसम्म कोठाको कोठै थिए । राती करिब ११ बजेतिर ब्वाईफ्रेण्डको होस हवास उडेपछि सुतेको होला भन्ने सोचेर सुतीरहेकी प्रेमीका पछि उनलाई बोलाउने र उठाउने प्रयास गर्दा नउठेपछि होटल व्यवस्थापन कहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा ती युवतीले बताइन् ।
मृत्युपछि जाँच–बुझ गर्दा हरि मृत अवस्थामा भेटिएको स्रोतलाई उदृत गर्दै पत्रिकाले उल्लेख गरेको छ । अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको बताएकी थिइन् । उनले सोधपुछका क्रममा आफुले पिल्स चक्की समेत खाएको बताएकी थिइन् ।
घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । लत्ताकपडाहरु छरिएका अवस्थामा थिए । घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । तर यसबारे पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । मृतक हरिको नेपालस्थित ठेगानापनि खुल्न सकेको छैन । यसबारे यहाँस्थित नेपाली दुतावासमा पनि कुनै जानकारी नआएको स्रोतले बतायो । समाचारमा ती प्रेमीकाको नाम पनि खुलाइएको छैन यद्यपी तापनि यो समाचार तयार पार्दासम्म अन्य विस्तृत जानकारी पाउन सकीएको छैन ।
![]()





