बालुवाटारमा भएको भेटमा विद्यार्थीहरुले भने वुद्धको तस्वीर जुत्तामा राख्नु नेपाल र नेपाली जनताको अपमान भएको भन्दै सरकारले आधिकारिक धारणासहित सम्वन्धित देशलाई यस्तो कार्य रोक्न र र नेपालमा उक्त जुत्ताको विक्रीवितरणमा रोक लगाउन माग गरेको थिए । अमेरिकन कम्पनी आइकन शु डिजाइनले जुत्तामा बुद्धको तस्वीर राखेको छ । भेटमा विद्यार्थी नेताहरुले मनोरञ्जनको नाममा अश्लिल नेपाली चलत्रित्र उत्पादन भइरहेको भन्दै त्यस्ता चलचित्र उत्पादन, प्रदर्शन र प्रचारमा रोक लगाउन समेत माग गरका छन् । जवाफमा प्रधानमन्त्री भट्टराईले यसबारे आफू गम्भीर रहेको भन्दै चलचित्रका अश्लिल पोष्टरहरु तत्काल हटाउन लगाउने आश्वासन दिनु भएको छ ।