Nepali Film

माइतीघर-भद्रकाली बाटो आजबाट खुल्ला


सर्वसाधारणको सुविधाको लागि आजबाट माइतीघरदेखि भद्रकालीसम्मको बाटो खुल्ला गरिएको छ। नेपाली सेनाले रु एक करोड २५ लाखको लागतमा सुरक्षा पर्खालसहित ग्राभेल गरी तयार पारेको सो मार्गको भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले उद्‍घाटन गरेका हुन्। 
उनले यो बाटो खुल्ला गरिएपछि सिंहदरबार क्षेत्रमा यातायात सञ्चालनमा सहजता आउने बताउँदै यसलाई छिट्टै स्तरोन्नति गर्न निर्देशन दिए। 
सुरक्षाका कारण द्वन्द्वकालदेखि नै सेनाले माइतीघरबाट भद्रकाली प्रवेश गर्ने मार्गमा प्रतिबन्ध लगाएपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको थियो। रेडियो नेपालले आयोजना गरेको जनतासँग प्रधानमन्त्री कार्यक्रममा केही महिनाअघि एक नागरिकको जिज्ञासामा प्रधानमन्त्री बाबुराम भट्टराईले सो बाटो खुल्ला गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाली सेनाले सुरक्षाको कारण जनाउँदै सो वैकल्पिक बाटो निर्माण गर्न प्रस्ताव गरेको थियो। पाँच ५० मिटर लामो र १० मिटर चौडा सो बाटो १४ मिटरसम्म स्तरोन्नती गरी चार लेनको बनाइने भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए।
दुई मिटरको सडक पेटीसहित चार लेनको बाटोका लागि रु आठ करोड सात लाख लाग्ने बताइएको छ। यसमध्ये दूरसञ्चार प्राधिकरणले रु एक करोड ५५ लाख र बाँकी रकम सडक विभागले ब्यहोर्ने भएको छ।
सचिव सिटौलाले यसका लागि हिजै बोलपत्र आह्‍वान भइसकेको र आगामी ६ महिनाभित्र स्तरोन्नति भइसक्ने बताए। 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News