Nepali Film

एकै घरका तीन दिदीबहिनी नबोल्ने


 यहाँको एउटा घरमा तीन दिदीबहिनी अहिलेसम्म बोल्दैनन् । खैरा–६, बडाचौरका सुमित्रा, पवित्रा र धना बस्नेत एकआपसमा मनमुटाबले गर्दा नबोलेका भने होइनन् । उनीहरु जन्मजात अपाङ्ग भएका कारण नबोलेका हुन् । शारीरिक बनावटका आधारमा अपाङ्गता भएकाहरुलाई जो कसैले चिन्ने गरे पनि यी तीन दिदीबहीनी अरुभन्दा फरक देखिन्छन् । बुबा जगतबहादुर र आमा दुर्गा बस्नेतका पाँच बहिनी छोरीमध्ये तीन छोरी अपाङ्ग जन्मिएका हुन् । उनीहरुको उमेर दुई÷दुई वर्षको फरक रहेको छ ।

‘‘छोराको आसमा पाँचवटी छोरी जन्मिए’, आमा दुर्गाले भन्नुभयो, “तीन बहिनी नबोल्ने निस्किए ।”
छोरीहरुको उपचारका लागि धेरै ठाउँमा पु¥याएको भए पनि निको हुन नसकेको उहाँले बताउनुभयो । मुखले नबोल्ने भए पनि यी तीन दिदीबहिनी घरको काम गर्न र पढ्नमा भने निकै तेज रहेको बुबा जगतले बताउनुभयो ।
उहाँका अनुसार यी तीन बहिनीमध्ये कान्छी धनाले २०६७ सालमा जिल्लाबाट पहिलोपटक एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा पढ्दै हुनुहुन्छ भने काहिँली पवित्राले अहिले माध्यमिक शिक्षा पढ्दै गर्नुभएको छ । त्यस्तै अर्की साइँली सुमित्राले काठमाडौँमा डेढ वर्षदेखि सिलाइ पेसा गर्दै आउनुभएको छ ।
सुरुमा बोल्न मात्रै नसक्ने हुँदा सँधैजसो पिरैपिरले दुःखी मान्ने परिवार आजभोलि भने उनीहरुको प्रतिभा देखेर खुसी छन् । उमेरले ६० काट्नुभएका बुबा जगत र ५० काट्नुभएका आमा दुर्गाले भन्नुभयो— “अपाङ्गता भए पनि छोरीहरु पढ्ने र इलम गर्न सक्ने भएकामा निकै नै खुसी लागेको छ ।”
तर सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षाबापतको अपाङ्गता भत्ता नपाउँदा भने आफूलाई दुःख लागेको छ, आमा दुर्गाले भन्नुभयो—“अपाङ्ग भएकालाई भत्ता सुविधा पाइन्छ भन्ने सुनेको छु तर अहिलेसम्म परिचयपत्रबाहेक अरु केही पाएका छैनौँ ।”
घरमा अरु कोही नभएकाले गतवर्ष घरको सम्पत्ति जमिन जग्गा शेषपछि खानेगरी तिनैजना अपाङ्ग छोरीलाई अंशवण्डा गरिदिएको बुबा जगतले बताउनुभयो । रासस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News