Nepali Film

'बेडसिन भएको फिल्मै खेल्दिनँ'-अनु शाह, अभिनेत्री


तिहार कत्तिको लागेको छ?
तिहार लाग्नै पाको छैन। फिल्म 'आई एम ईन लभ' रिलिज भएकाले त्यसैमा बढी लागिरहेकी छु।

यो फिल्मबाट कस्तो अपेक्षा गर्नुभएको छ?
हक्की केटीको भूमिकामा छु। मनमा प्रेम भए पनि देखाउन नचाहने, केटाहरुसँग नडराउने खालको। फिल्मबाट बढी नै आशावादी छु।


 
कतिपल्ट मनमा प्रेम भएर देखाउन गाह्रो भएको छ?
अहिलेसम्म त्यस्तो भएको छैन। मनमा प्रेम भए किन गुम्स्याएर राख्नु? पीडा हुन्छ नि। म त भन्दिहाल्छु।

फिल्मको नाम जस्तै तपाईं पनि सुटिङमै लभमा पर्नुभयो रे नि!
एउटै फिल्ममा अपोजिट रोलमा काम गर्ने भएपछि बाबुजी (बाबु बोगटी) सँग मिलेर काम गरियो। सुटिङमा एकअर्कालाई सहयोग गरियो। यही कारण त्यस्तो हल्ला चलेको होला। राम्रा साथी हौं, अरू खास सम्बन्ध केही छैन।

अहिलेसम्म कति चोटि प्रेममा पर्नुभयो?
एक चोटि पनि परेकी छैन।

त्यसोभए कस्तो केटाको प्रतीक्षामा हो?
राम्रो नभए पनि हुन्छ। माया गर्ने र मेरो कामलाई बुझ्ने होस्।

केटाको के कुराले चाँडै आकर्षित गर्छ?
पहिलो पटक आकर्षित त गुड लुकिङ र पर्सनालिटीले नै गर्छ।

कुरा बाझिएन र?
क्षणिक आकर्षण र जीवन बिताउने कुरा फरक हुन् नि।

तपाईं चाहिं कस्तो पहिरनमा ग्ल्यामरस देखिनुहुन्छ?
म त जे लगाए पनि ग्ल्यामरस नै देखिन्छु नि।

गर्मी मन पर्छ कि जाडो?
गर्मी। जाडोमा जाँगरै चल्दैन।

छोटा लुगा लगाउन पाइँदैन भनेर होला!
होइन। जाडोमा धेरै खाना रुच्छ। मोटाइन्छ भनेर नि।

कुन पहिरनमा 'सेक्सी देखियौ' भन्छन् अरू?
हाइट रामै्र भएकाले सारीमा जसले पनि सेक्सी भन्छन्।

फिल्मका लागि अफर गर्दा पहिले के कुरामा ध्यान दिनुहुन्छ?
ड्रेस र सिनमा ध्यान दिन्छु। भल्गर देखिने ड्रेस र बेडसिन छन् भने फिल्मै खेल्दिनँ।

एक्सपोजमा अनुदार भइदिँदा गाह्रो पर्ला नि?
अहिलेसम्म परेको छैन।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News