Nepali Film

यी किशोरी ६४ दिनसम्म निदाइन्-भिडियो सहित


अमेरिकामा एक किशोरी फेला परेकी छिन जो कैयौं दिनसम्म लगातार निदाइरहन सक्छिन्। 'स्लिपिङ व्युटी सिन्ड्रोम'बाट प्रभावित १७ वर्षीया किशोरी निकोलस डिलाइन ६४ दिनसम्म लगातार निदाइन्। औंशतमा हरेक दिन १८ देखि १९ घन्ट उनलाई नसुती हुँदैन।  

सिविएस न्युजले उनकी आमा भिक्कीलाई उदृत गर्दै जनाएअनुसार उनी निद्रामै उठ्छिन, खाना खान्छिन् र फेरि सुत्छिन्। तर, उनलाई त्यसबारे बिउँझिँदा केही पनि जानकारी रहन्न।

आमा भिक्की छोरीको उपचार हुन नसकेर दिक्दार छिन्। उनको परिवारले धेरै अस्पताल र चिकित्सकहरुलाई उपचारका लागि गुहारिसकेको छ तर कुनै सुधार हुन सकेको छैन। 

निकोलस पनि दिक्दार छिन्। उनले थ्याङ्स गिभिङ, क्रिसमसमात्रै होइन आफ्नै जन्मदिन पनि मनाउन पाउदिनन्। पारिवारिक यात्रामा पनि उनी निदाइरहने भएकाले परिवारैसहित डिज्नी वर्ल्ड घुमेको पनि उनलाई थाहा छैन। पछिल्लो समय उनको उपचारबाट रोगको पहिचान भएको छ। र, उपचारले केही सुधारका संकेतहरु पनि देखाएका छन्। तर, निकोलसलाई डर छ फेरि पनि उनी लामो समय निदाइरहने त होइनन् ?


Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News