शुक्रवार राति जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा कार्यरत प्रहरी जवानले एक बालिकामाथि जबरजस्ती बलात्कार गरेका छन्। सुर्खेतबाट भाइटिका लगाएर घर फर्कंदै गरेकी जाजरकोट जिल्ला मजकोट गाविस-४ की १४ वर्षीया बालिकामाथि जाजरकोट जिल्लाकै मजकोट गाविस-६ निवासी सिंहबहादुर रावतले शुक्रवार राति बलात्कार गरेका हुन्।दैलेखको बेस्तडा बजारस्थित बस्नेत होटलमा बास बसेकी दमाई थरकी ती बालिकालाई जबरजस्ती करणीबाट बचाउन खोज्दा पीडितका बाबु र एक स्थानीयबासीलाई रावतले कुटेका थिए।
पीडितले शनिबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवान सिंहविरुद्ध कडा कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएकी छिन्। घटनालगत्तै स्थानीयबासीको नियन्त्रणमा रहेका रावतलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ।
![]()





