Nepali Film

प्रचण्डमाथी हातपात,एक सर्वसाधारणले गालामा थप्पड हाने


काठमाडौं, मंसिर १ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथीएक सर्वसाधारणले  हातपात गरेका छन् । एमाओवादीको भृकुटीमण्डपमा जारी चियापान तथा शुभकामना कार्यक्रममा प्रचण्डलाई एक सर्वसाधारणले मञ्चमै पुगेर गालामा थप्पड हानेका हुन् । प्रचण्डको चस्मा फुटेको जनाइएको छ ।
हातपात गर्ने बाग्लुंगका पदम कुवर लाई प्रहरीले नियन्त्रणमा लिएको छ  । उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ। प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि युवाहरुले आक्रमण गरेका थिए।


 आक्रमणबाट उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथी इटहरीमा एमाले समर्थकले झपड हानेका थिए भने भने एमाओवादीका सभासद झक्कुप्रसाद सुवेदीमाथि काठमाडौंको तीनकुनेमा चिया पसलेले झाडप हानेका थिए । यस्तै केही समयअघि नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video






Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News