Nepali Film

क्याटरिनाले सलमानलाइ भाई बनाइन !


क्याटरीना क्याफ र सलमानको जोडी अहिले चर्चामै रहेको छ । तर कुनै बेला यी दुइको जोडी रोमान्सका लागी बलीउडमा सबैभन्दा हट जोडीको रूपमा चर्चित थियो । उनीहरूको ब्रेकअप पछि पनि मीडियामा उनीहरू नजिकिएको समाचारहरू पनि आइरहकेका छन् ।  यस्तोमा यदि क्याटरिना क्याफले सलमानलाइ उनले भाइ जस्तै मान्छिन भन्दा तपाइँलाइ कस्तो लाग्ला ?

१३ नोभेम्बर भोली दिपावलीका दिन रिलीज गरिन लागेको फिल्म जब तक हे जानको टीम हालै मात्र कोलकातामा इन्टरनेश्नल फिल्म फेस्टिवलको उद्घाटन समारोहमा सहभागी भएको थियो । त्याहा सिफन साडीमा पुगेकी क्याटरिना क्याफ निकै सजिएकी थिइन् । कोलकातामा मीडियाका अगाडी एउटा धमाका गरिदिइन् ।

क्याटरिनाले मीडियासंग सलमान मेरो ठुलो दाजु समान भएको बताएकी छन् । यो कुरा क्याटरीनाले मजाकमा गरेको अनुमान गरिएको छ, तर यस प्रकारको कुरा सलमान र उनका फ्यानहरूलाइ भने सायद मन पर्दैन । सलमानको तर्फबाट भने यस कुराको बारेमा कुनै प्रतिक्रिया आएको छैन् ।
सलमान-क्याटरीना र अनुष्काको फिल्म ‘जब तक हे जान’ दिपावलीका दिन अर्थात भोली नोभेम्बर रिलीज हुँदैछ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News