केही दिनमै सन् २०१२ विश्वमाझबाट बिदा हुँदैछ र सन् २०१३ भित्रिने तरखर गर्दैछ । केही दिनपछि भित्रिन लागेको अंग्रेजी नयाँवर्षको रौनक र त्यस सम्बन्धी चर्चा भने अहिलेबाटै सुरु हुन थालेको छ ।
अंग्रेजी नयाँवर्षको आगमन कयौं मुुलुकमा व्यापक तामझामका साथ मनाउने गरिन्छ । जहाँ फिल्मका कलाकार, गायक–गायिका लगायतका सेलिब्रेटीहरुको सहभागिता रहने गर्छ । नेपालमा पनि पछिल्लो समय अंग्रेजी नयाँवर्षको आगमनलाई विशेष तरिकाले मनाउन थालिएको छ ।
त्यस्तै भारतमा पनि अंग्रेजी नयाँवर्ष धुमधामका साथ मनाउने गरिन्छ । अंग्रेजी नयाँवर्ष कयौं बलिउड सेलिब्रेटीहरुका लागि धन आर्जन गर्ने अवसर पनि हुन थालेको छ, पछिल्लो समयमा ।
त्यसैगरी यसवर्षपनि अंग्रेजी नयाँवर्षका लागि धमाधम बलिउड सेलिब्रेटीहरु ‘बुक’ हुन थालेको जनाइएको छ । फिल्म जिस्म–२ बाट बलिउडमा उदाएकी नायिका तथा पोर्नस्टार सनी लियोनले ३१ डिसेम्बरको रात दिल्लीमा हुने एक कार्यक्रमको लागि १ करोड भारु माग गरेको जनाएको छ ।बाकी भिडियो मा हेर्नुहोस ।
![]()





