वाग्लुङमा अपत्यारिलो घटना घटेको छ । आफ्नै कुकुरले हत्या गरेको यो दुखद घटना देविस्थान गाविसको चोधाराका स्थानीय बिर्खे विकको घरमा घटेको हो । उनले पालेका दुई कुकुरले अचानक आफ्नै घरका आमा र छोरीलाई टोक्दा ५२ बर्षीय आमा देविसरा सुनारको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ भने कुकुरको टोकाईबाट ३ जना घाइते भएका छन् ।
देविस्थान ९ का स्थानिय विकले घरमा पालेका दुई कुकुरले मंगलबार साँझ आमा र छोरीलाई अचानक आक्रमण गरेपछि बेहोस अवस्थामा रहेका दुई जनालाई राती नै एम्बुलेन्स मार्फत प्राथमिक स्वाथ्य केन्द्रमा ल्याईएको थियो तर देवीसराको शरिरबाट अत्याधिक रगत बगेका कारण उनको ज्यान गएको प्राथमिक स्वाथ्यकेन्द्रले जनाएको छ ।
घरमालिकलाई टोकेर घरबाट निस्केका ती कुकरको आक्रमणमा परी बुर्तिवाङ अर्नाकोटकी निर्मला बुढा र अर्का एक बृद्ध घाइते भएका छन् ।
कुकुर बौलाएको हो या रिसाएको हो भन्नेबारे कुनै पुष्टी नभएपछी प्राथमिक स्वाथ्य केन्द्रमा रेविज विरुद्धको भ्याक्सीन नभएका कारण घाइते सबै विरामीलाई थप उपचारको लागी बागलुङ अञ्चल अस्पतालमा रिफर गरिएको छ ।
अझैपनि ती दुई कुकुर खुल्ला रुपमा बाहिरी बाटोमा हिडिरहेकाले देविस्थान आसपासका स्थानिय बासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
![]()





