महोत्तरीको हरिहरपुर हरिणमरी गाविसबाट धनुषा र सर्लाहीको सीमामा अवस्थित कमला नदीमा लागेको भूतमेला हेर्न गएका एक तीर्थालुको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा हरिहरपुर हरिणमरी गाविस-२ बस्ने ५५ वर्षीया रामसेवक महतो रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान भूतमेला सम्पन्न भएपछि घुमफिर गर्दागर्दै साँझतिर गाउँका लागि हिँडेको महतोको बसमा आउँदै गर्दा मृत्यु भएको हो । जाडोमा चलेको बतास खप्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । परीक्षणका लागि शव जनकपुर अञ्चल अस्पतालमा लगिएको परिवारजनले बताएको छ । कमला नदीमा स्नानका लागि करिब १५ हजार महिला तथा पुरुष महोत्तरीबाट गएका थिए । रासस
![]()





