Nepali Film

किन बढे चुरोट तान्ने महिला ?



काठमाडौ, माघ ११ - सानै उमेरमा चुरोट तान्न सुरु गर्ने र धेरै चुरोट तान्ने बानीका कारण यस्ता महिलाको फोक्सोको क्यान्सर भई मृत्यु हुने सम्भावना बढेको एक अध्ययनले देखाएको छ ।

अमेरिकाका २० लाख महिलामाथि गरिएको अध्ययन अनुसार सन् १९६० को दशकमा चुरोट तान्ने महिला भन्दा अहिले चुरोट तान्ने महिलाहरु बढी मृत्युेको जोखिममा रहेको देखिएको हो ।

सन् १९५० देखि सन् १९६० सम्मका चुरोट पिउने महिला फोक्सोको क्यान्सरका कारण मृत्यु हुने जोखिम चुरोट नपिउने महिलाको भन्दा तीन गुण बढी हुने गरेको छ । तर, सन् २००० देखि सन् २०१० सम्म चुरोट पिउने महिलाहरुमा भने यसको जोखिम चुरोट नपिउनेको भन्दा २५ गुणा बढी भएको बेलायतबाट प्रकाशित हुने मेडिकल जर्नलमा उल्लेख गरिएको छ ।

जीवन भर चुरोट तान्ने महिलाहरु कहिल्यै चुरोट नखाने महिला भन्दा एक दशक अघि नै मृत्यु हुने गरेको देखिएको छ । महिलाहरुमा सानो उमेरदेखि नै चुरोट तान्ने लत लागेको दैनिक धेरै चुरोट तान्नुपर्ने बानी बढ्दै गएकाले चुरोट पिउने महिलाहरुको मृत्यु सम्भावना बढेको हो ।

Watch Video Click to close ad below Part 2 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News