Nepali Film

छोरी बेच्ने बाबुलाई ११ वर्ष कैद


चौतारा, २७ पुस/ आफ्नै छोरीलाई वेश्यालयमा बेचेको अभियोगमा बाबुलाई ११ वर्ष र अर्का अभियुक्तलाई १० वर्ष कैद सजाय तोकेको छ ।

सिन्धुपाल्चोकको दुवाचौर गाविस–६ निवासी बाबु लोकबहादुर घले र हर्कबहादुर तामाङले ती महिलालाई भारतको सहिद नगरस्थित वेश्यालयमा बिक्री गरेको अभियोगमा उनीहरूलाई जिल्ला अदालत सिन्धुपाल्चोकका जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले उक्त फैसला गरेको हो ।




चौतारा गाविसमा विवाह गरी माइतमै बसेकी छोरीलाई ०६२ साल मङ्सिरमा ललाइफकाई गरी भारतको वेश्यालयमा ८० हजार रुपैया“मा बिक्री गरिएका थिए । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार कारबाहीको माग गर्दै प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

विसं ०६७ मङ्सिर महिनामा वेश्यालयबाट भाग्न सफल पीडित महिलाले सोही गाविसका रामशरण घले, हर्कबहादुर घलेलगायत ६ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । मुख्य अभियुक्त दावा तामाङ फरार रहेकाले उनको मुद्दा मुल्तबीमा राखिएको छ । पक्राउ परेका शिक्षक काजीमान तामाङ, ईश्वर घले र रामशरण घलेलाई अदालतले सफाइ दिएको छ ।

Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News