Nepali Film

नक्कली कण्डम तस्करीको बिगबिगी -भिडियो सहित.



  

अरु विभिन्न सामानको कालोबजारी र तस्करी भएको कुरा त सुनिएकै हो । तर हुँदाहुँदा नक्कली कण्डमको तस्करी समेत हुन थालेको छ ।



बेलायतमा आजकल नक्कली कण्डमको तस्करीमा भारी बढोत्तरी भएको बताइएको छ । नामी कण्डम ब्राण्डकै नामबाट बनाइएका यस्ता नक्कली कण्डमका कारण सक्कली कण्डम भनेर किन्ने उपभोक्ताहरु मारमा परेका छन् । देख्दाखेरी उस्तै देखिने यस्ता नक्कली कण्डम पछिल्लो १८ महिनामा लाखौँको संख्यामा देशभित्र आयात भएका बेलायतको चिकित्सा तथा स्वास्थ्य उत्पादन नियन्त्रण एजेन्सीको भनाइ छ ।

नक्कली कण्डम बजारमा छ्यापछ्याप्ती पाइने र यसको प्रयोगले गर्भाधारण तथा यौन रोगको जोखिम बढ्दा हुने बताइन्छ । यस्ता नक्कली कण्डम निकै कमजोर हुने भएकाले सम्भोगका बेला फुट्ने समस्या देखिने गरेको छ ।

दक्षिण पूर्वी एसियाली देशमा यस्ता नक्कली कण्डमको उत्पादन हुने गरेको बताइन्छ । जुन मूल्यमा सस्तो र देख्नमा राम्रो समेत हुन्छन् ।

Watch Video Click to close ad below

सरकारी अधिकारीहरुले तालिम प्राप्त कुकुरको सहायताले औषधि पसलहरुमा छापा मारी नक्कल कण्डम बरामद गर्ने अभियानमा लागिरहेका छन् । तर यो काममा उतिसारो सफलता नमिलेको बताइन्छ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News