२७ पौष,एजेन्सि–
दिबंगत जर्मन फिल्म स्टार क्लास किन्स्कीको ठूली छोरी पोलाले आँफ्नै बाबुबाट यौन शोषणमा पर्ने गरेको खुलासा गरेकी छिन् । ५ देखी १९ बर्षको हुँदासम्म बाबु क्लासले आँफूमाथी यौन शोषण गर्ने गरेको उनले बताईन । मृत्यूपछिको २० बर्षसम्म पनि बाबुको प्रशंशा भईरहेकाले त्यसलाई सहन नसकेर आँफु यो रहस्य खोल्न बाध्य भएको पोलाले एक जर्मन पत्रिकालाई बताएकि छिन् ।
किन्स्कीले १९७० र ८० को दशकमा निर्देशक वर्नर हजांगको केहि लोकप्रिय फिल्ममा अभिनय गरेका थिए । किन्स्कीका जिबनी लेखेका क्रिस्चिनयन डेभिडले त्यो समय पनि बाबु छोरीको संबन्धबारे केहि अफवाहहरु आएका बताएका छन् । बिबिसिसँगको कुराकानीमा उनले भने–“यूरोप त्यसमा पनि जर्मनमा क्लास किन्स्कीका धेरै प्रशंसक थिए र त्यो जमानामा केहि मान्छे उनलाई पुजा पनि गर्दथे तर यस्तो लाग्छ क्लासको छबि आउने समयमा त्यस्तो रहदैन होला” ।
पोला जो आँफै पनि एक अभिनेत्रि हुन् । उनले आँफ्नो जीबनी ‘द माउथ्स अफ बेब्स’ को बिमोचन भन्दा पहिला जर्मन पत्रिका ‘स्टर्न’ सँगको एक साक्षात्कारमा भनेकि छिन –“सबैभन्दा दुःखद कुरा यो हो की मेरो बाबुले एक पटक मसँग भनेका थिए कि यो पूर्णतया प्राृकतिक हो, दुनीयाभरका बाबु आँफ्नो छोरीसँग यस्तै संबन्ध राख्दछन्” । बाबुले यौनशोषणबारे कसैसँग नभन्न आदेश दिएकाले यसबारे आँफू मौन बसेको पोलाको भनाई छ ।
अहिले ६० बर्ष भएकी पोलाले बाबुबारे भईरहेका तारीफलाई पचाउन नसक्ने स्पष्ट पारेकि छिन् । उनले बाबुबाट पिडित छोरीहरुको पक्षमा आँफू लड्ने र सक्दो सहयोग गर्ने लक्ष्य लिएको बिबिसिले उल्लेख गरेको छ । जर्मनीमा सर्बाधीक लोकप्रिय र धेरैले पढ्ने अखबार “बिल्ड”ले बाबुबाट यौनशोषणमा परेको कुरा खुलासा गरेकाले पोलालाई ‘नायिका’ को उपाधी दिएको छ र उनीबाट यस्तो कुरा सार्बजनिक गर्न नसकेका हजारौ छोरीहरुले हिम्मत गरुन प्रन्ने आग्रह पनि गरेको छ ।
यो खबर सार्बजनिक भएपछि जर्मनका मानीसहरुले सोसल मिडियामार्फत दिबंगत अभिनेता क्लासको निन्दा गरेका छन भने केहि प्रशंसकले क्लासको छोरीले भनेका कुरा पत्याउन गाह्रो रहेको टिप्पिणी गरेका छन् । तर क्लासको २००६ मा छापिएको जिनिका लेखक क्रिस्चियन डेभिडले पोलाको दाबिको बचाउ गरेका छन् ।–बिबिसिको सहयोगमा
![]()






