Nepali Film

नाइजेरियाले उपाधी जिते सेक्स फ्रि !

नाइजेरियनका सेक्सकर्मीहरुको एक संगठनले अफि्रकन कप अफ नेशन्स फुटबल खेलिरहेको नाइजेरियन राष्ट्रिय टोलीको हौसला बढाउन अनौठो प्रस्ताव अघि सारेको छ ।

‘द एसोशिएसन अफ नाइजीरियन प्रोस्टीच्यूसन एएनपी’ले आफ्नो देशले उपाधी जिते सित्तैमा भरपुर सेक्स सुविधा दिने प्रस्ताव गरेको हो ।
नाइजेरियनले बुधबार राति सेमिफाइनलमा मालीसँग खेल्दैछ । नाइजेरियनले आफ्नो जितको श्रृखला जारी राखे राष्ट्रिय टोलीका खेलाडीहरुलाई एक सातासम्म निःशुल्क सेक्स सेवा दिने एएनपीका सचिव जेसिका एल्विसले बताएकी छिन् ।
उनले भनेकी छिन्-’यदि टोलीले उपाधी जितेर फुटबलमा गुमेको गौरव फिर्ता ल्यायो भने नेशनल टिमको समर्थनमा हामी साताभर निःशुल्क सेक्स सेवा दिने प्रस्ताव गछौं ।’ उनले निःशुल्क सेक्स खेलाडीहरुको लागि मात्र हो कि सबैलाई भन्नेबारे उनले थप खुलाइनन् । –बीबीसीको सहयोगमा

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News